IMG-LOGO

एकीकृत साकोसको १४ औँ वार्षिक साधारण सभा

 मंगल, असोज २५, २०७९  ---

 

       पनौती, एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. पनौतीको १४ औँ वार्षिक साधारण सभा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संस्थाका अध्यक्ष काजी वहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चण्डेश्वरी श्रेष्ठले स्वागत मन्तव्य दिनुभयो । सचिव भरत राउतले प्रगति प्रतिवेदन तथा भावि कार्य योजना प्रस्तुत गुर्नभयो । कोषाध्यक्ष बसुन्धरा आचार्यले आ.व ०७८/०७९ को लेखा प्रतिवेदन तथा आ.व. ०७९/०८० को वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक वालकृष्ण प्रजापतीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ करोड २४ लाख ८२ हजार शेयर पूँजी संकलन, १७ करोड ८२ लाख ८० हजार ८ सय बचत संकलन, १६ करोड ६६ लाख ८३ हजार ऋण लगानी गरेको कुरा संस्थाका प्रवन्धक सविन सैजुले बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्