IMG-LOGO

नेपाल पत्रकार महासंघ काभ्रेको शुभकामना आदान प्रदान

 मंगल, असोज २५, २०७९  ---

 

       नेपाल पत्रकार महासंघ काभ्रे शाखाले विजया दशमी, नेपाल सम्वत, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शाखा अध्यक्ष बद्रिराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, उपपप्रमुख रिमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नगरपालिकाका प्रमुख/उप-प्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, जिल्ला स्थित सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, उद्योगी व्यवसायी, समाजसेवी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पूर्व अध्यक्षहरु एवं सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । सचिव कपिल कोईरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष विनोद न्यौपाने, सुनिता सापकोटाले महासंघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्