लायन्स क्लव अफ मण्डनदेउपुरको अध्यक्षमा गुरुप्रसाद ढकाललाई निर्वाचित गरेको छ । लायन्स क्लव अफ काभ्रे बनेपाको मातृत्वमा गठन भएको लायन्स क्लव अफ मण्डनदेउपुरको उपाध्यक्षमा राजन पौडेल, सचिव सरल ढकाल, कोषाध्यक्ष सरोज पराजुली, सदस्यहरु सुस्मा न्यौपाने, संगम ढकाल, सरस्वती तिमल्स्निा, विसाल ढकाल, भिमप्रसाद ढकाल, सुरज ढकाल, राजकुमार ढकाल, रामभक्त ढकाल, विनोद ढकाल, सविना न्यौपाने, साजन न्यौपाने र लायन रितीका शर्मा रहेको कमीटी गठन गरेको छ । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइवा प्रमुख अतिथि हुनुहुन्थ्यो । उपप्रमुख विष्णुमणि नेपाल, लायन्स क्लव अफ इन्टरनेश्नल डिस्ट्रीक ३२५ नेपालका अध्यक्ष उत्तम प्रसाद झा, लायन्स क्लव अफ काभ्रेका अध्यक्ष पदम श्रेष्ठ, संस्थापक अध्यक्ष रामराज धौभडेल, पूर्व अध्यक्षहरु अमन पोटे, विधान जोशी र भवसागर रञ्जीत लगायतको आतिथ्यता रहेको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, उपाध्यक्ष रमेश प्रसाद न्यौपानेको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन लायन सुरज श्रेष्ठले गर्नुभएको थियो ।
