IMG-LOGO

जिल्ला समन्वय समिति काभ्रेको शुभकामना आदान प्रदान कार्यक्रम

 मंगल, असोज २५, २०७९  ---

 

       जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । काभ्रे जिल्लाका १३ वटा पालिकाका जनप्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख र सञ्चारकर्मीहरुको कार्यक्रममा सहभागीता रहेको थियो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा उप-प्रमुख रिमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ नृत्य सहित सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रमको सञ्चालन समन्वय अधिकारी शान्तिराज प्रसाइले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्