काभ्रे टाइम्सका प्रकाशक सम्पादक आर. एल. श्रमजीवीको महाभारतका चरित्रहरु नामक पुस्तक बजारमा आइसकेको छ । नेपालको प्रशिद्ध प्रकाशन शिखा बुक्सले प्रकाशन गरेर घटस्थापनाको दिन उपत्यका लगायत मुलुकभरका चर्चित पुस्तक पसलमा वितरण गरेको हो । विगत तीन वर्ष अघि काभ्रे टाइम्समा प्रकाशित महाभारतका पात्रहरु बारेको सामाग्रीलाई थप परिमार्जन सहित श्रमजीवीको उक्त पुस्तकको भुमिका लेखन चार वेद नेपालीमा उल्था गर्ने सस्कृतका धुरुन्धर विद्वान तिलकप्रसाद लुइँटेलले गरेका छन् भने साहित्यकार डा. घनश्याम न्यौपाने (श्रमजीवीका गुरु) लेखकबारे केही शब्द, वरिष्ठ पत्रकार किशोर नेपालले कभर हरफ लेखेका छन् । यो पुस्तकको मुल्य ३ सय २५ रुपैयाँ रहेको छ ।
