न्यू गौखुरेश्वर युवा क्लव धुलिखेल, नेपाल लेखापडी कानुन व्यवसायी एसोसियशन धुलिखेल, धुलिखेल अस्पताल र कालीजंगगण धुलिखेल काभ्रेको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ । क्लवका कोषाध्यक्ष कृष्णराम देवजुको अनुसार न्यू गौखुरेश्वर युवा क्लवले सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक कार्य गर्दै आएको बताउँदै सोही अन्तरगत क्लवले रक्तदान कार्यक्रम गरी ३५ पाउण्ड रगत संकलन गरेको बताउनुभयो ।
