IMG-LOGO

नारी जागरणको कारोबार ११ करोड १३ लाख

 मंगल, असोज ११, २०७९  ---

 

      नारी जागरण बचत तथा ऋण सहकारी संस्थाका २४ औँ वार्षिक साधारण सभा संस्थाकी अध्यक्ष देवकी दाहालको सभापतित्वमा शनिबार सम्पन्न भयो । नारी चेतना केन्द्रकी संस्थापक अध्यक्ष प्रतिभा स्ुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सचिव इन्द्रमाया श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष गंगादेवी श्रेष्ठले आ.व. ०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । शाखा संयोजक शुभद्रा अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिभा सुवेदीले नारीजागरण साकोसले महिला वर्गको आर्थिक शसक्तिकरण नेतृत्व विकास सहित उद्यमशिलताको विकास गर्न सकेको धारणा राख्नुभयो । बनेपा वडा नं. ३ का वडा अध्यक्ष रमेश दाहाल, वडा नं. ८ की वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धर, जिल्ला बचत संघ काभ्रेका सञ्चालक एवं रेडियो एविसीका स्टेशन म्यानेजर रमेश प्रसाद न्यौपाने, बुडोल सामुदायिक साकोस बनेपाका सचिव जयराम थापा, डाइनामिक युवा साकोसका अध्यक्ष माधव सिग्देल, चेष्टा साप्ताहिकका सह-सम्पादक लक्ष्मण तिमल्सिना लगायतले मन्तव्य राख्नु भएको थियो ।

      १ हजार ४ सय २५ शेयर सदस्यबाट  १ करोड ३० लाख ८४ हजार २ सय शेयर पूँजी संकलन, ८ करोड ९२ लाख ८२ हजार ५४ बचत निक्षेप संकलन, १० करोड १८ लाख ८७ हजार ४ सय ४७ ऋण लगानी गरी १  करोड १९ लाख २८ हजार ३ सय १६ आम्दानी गर्न सफल भएको छ । संस्थाकी व्यवस्थापक शर्मीला दाहलले सहकारीले व्यवसायिक, कृषि, शिक्षा, बैदेशिक रोजगार र अकस्मिक गरी ऋण प्रवाह गरेको बताउनुभयो । जिल्ला बचत संघ काभ्रेकी  उपाध्यक्ष  एवं सहकारी अभियानकर्मी निर्मला श्रेष्ठले नारी  जागरण साकोसले महिलाहरुको आर्थिक शसक्तिकरण सिप विकास र महिला उद्यमशिलताको विकास गरी संस्था अघि बढेको बताउनुभयो । कार्यक्रममा संस्थामा विभिन्न विद्यामा योगदान पुर्‍याउने उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचत कर्ता र शेयर सदस्यका छोराछोरी मध्येका उत्कृष्ट जिपिए ल्याउनेलाई सम्मान गरेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्