IMG-LOGO

समाज डेन्टल अब बनेपामा पनि

 मंगल, असोज ११, २०७९  ---

 

      बनेपामा अर्को डेन्टल सेवा सञ्चालनमा आएको छ । व्यापारीक नगरी बनेपामा समाज सेवा डेन्टल हस्पिटल सञ्चालन भएको छ । पूर्व उद्योग राज्य मन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा बनेपा वडा नं. ८ को अध्यक्ष शुभलक्ष्मी मानन्धर, वडा नं ९ का  अध्यक्ष नृपेश बादे लगायतको आतिथ्यता रहेको थियो । साधारण शुल्कमा दाँत तथा मुखको उपचार गुणस्तर ढङ्गबाट दाँत सम्बन्धी  सम्पूणर् सेवा उपलब्ध हुने कुरा प्रवनध निर्देशक सरोज ढुङ्गेलले बताउनुभयो ।

      विगत २२ वर्षदेखि सञ्चालनमा आएको समाज डेन्टल बनेपामा ७ औँ शाखाको रुपमा सञ्चालन भएको प्रमुख प्रवन्धक सञ्जीव ढुङ्गेलले बताउनुभयो । २५ लाख लगानीमा सञ्चालित उक्त डेन्टलमा उद्घाटनको दिनमा ५० प्रतिशत र असोज महिना भरी २० प्रतिशत छुटको प्रवन्ध गर्ने जनाएको छ । दाँँत तथा मुखको सर्जरी सामान्य दन्त्य चिकित्सा कृतिम दाँत सम्बन्धी, गिजा सम्बन्धी आर.सि.टी., फिलिङ डेन्टल इम्प्लान्ट लगायतका सेवा प्रदान गर्ने छ । बनेपा नयाँ बसपार्कमा सञ्चालनमा आएको डेन्टल क्लिनिक विहान ९ः०० बजे देखि बेलुका ७ः०० बजे सम्म सेवा प्रदान गर्ने जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्