बनेपा बचत तथा ऋण सहकारी संस्था लिमिटेड काभ्रेपलाञ्चोकको २३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यको विशिष्ट आतिथ्यतामा शनिबार कायष्ठ बैन्क्वेटमा भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष अमन पोटे श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव जितेन्द्र नकर्मीले गर्नुभएको थियो । संस्थाका सचिव जितेन्द्र नकर्मिले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सविन मानन्धरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको आर्थिक बर्ष २०७८/७९ सालसम्म आईपुग्दा संस्थामा २२०२ जना सदस्यहरु रहेका छन् भने कुल २,२५,०७८ कित्ता शेयर विक्रि गर्न सफल भएको छ । सदस्यहरुमा नियमीत बचतकर्ता १७४८ जना, ऐच्छिक बचत ६ जना, प्रिमियम बचत ८८ जना, सामुहिक बचत ७७ जना, जेष्ठ नागरिक बचत २४ जना, लघुबित्त बचत २६८ जना, खुत्रुके बचत २११ जना, अन्य बचत ५६ जना रहेका छन् ।
संस्थाको दिर्घकलीन बचत योजनातर्फ १२ बर्षे दिर्घकालीन बचत योजनामा १२ बर्षे नियमीत मासिक बचत रहेको छ जसमा हालसम्म २१४ जना सदस्यहरु सम्मिलित छन् । हालसम्म ५४६ जना सदस्यहरुलाई ऋण लगानी प्रवाह रहेको छ जसमा १४१ जना सदस्यहरुले ऋण चुक्ता गरिएको छ भने ४०५ जना सदस्यलाई ऋण प्रवाह गरिएको छ । हाल संस्थाको शेयर पूँजी २ करोड २५ लाख ७ हजार ८ सय रहेको छ । यस संस्थाको शेयर सदस्यहरु अर्को आर्थिक बर्षसम्म ३३०० जना बनाउने बार्षिक कार्य योजना बनाईएको छ । हालको आम्दानीमा ०७८/०७९ मा तीन करोड चौबिस लाख बाउन्न हजार दुई सय सयासी रुपैया रहेको छ भने अर्को आर्थिक बर्षको लागी अनुमानित ०७८/०८० मा तीन करोड पचहत्तर लाख बनाउने योजना बनाईएको छ । अन्य आम्दानीमा ०७८/०७९ मा चौध लाख बाह्र हजार पचासी रहेको छ भने अर्को आर्थिक बर्षको लागी अनुमानित उनन्चास लाख पचास हजार बनाउने योजना बनाईएको छ । कूल आम्दानी तीन करोड ३८ लाख ६४ हजार ३ सय ७१ रहेको छ भने अर्को बर्षको लागी चार करोड चौबिस लाख पचास हजार पुर्याउने उद्देश्य रहेको छ ।
