नोबेल बचत तथा ऋण सहकारी संस्था लि. बनेपा-७ को १० औँ वार्षिक साधारण सभाले रामसुन्दर श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । शनिबार सम्पन्न साधारण सभाबाट गोवर्धन कर्माचार्य उपाध्यक्षमा, सचिव मोहन कुमार श्रेष्ठ, कोषाध्यक्ष राजकुमार विस्ट, प्रेम बहादुर कार्की, सुदन के.सी., विजेश कुमार पोटे, प्रमिला चण्डी श्रेष्ठ र भिम कृष्ण श्रेष्ठ रहनु भएको छ । श्याम कुमार श्रेष्ठको संयोजकत्वमा आत्मा राम अधिकारी र पूणर् गोपाल यगोल रहनु भएको लेखा सुपरीवेक्षण समिति निर्वाचत गरेको छ । निर्वाचन उपसमितिका अधिकृत रमेश प्रसाद हुमागाईले पद तथा गोपनियताको सपथ खुवाउनु भयो । सञ्चालक सदस्य मोहन कृष्ण श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य हुनुहुन्थ्यो । संस्थाका सचिव गोवद्र्धन कर्माचार्यले प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष राजकुमार विष्टले आ.व. ०७८/०७९ को लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
लेखा संयोजक गोपाल प्रधानले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सहित सुझाव प्रस्तुत गर्नुभयो । १ हजार २ सय २६ शेयर सदस्यबाट १ करोड ८३ लाख २२ हजार १ सय शेयर पूँजी संकलन, १५ करोड ८२ लाख ९६ हजार २ सय ४३ बचत संकलन, १७ करोड १ लाख ९८ हजार १ सय ७६ ऋण लगानी गरी १३ लाख १६ हजार ३ सय ३ कुल मुनाफा कमाउन सफल भएको छ । १ करोड ९३ लाख ९१ हजार ६ सय ४६ आम्दानी गरेको छ । कार्यक्रममा शेयर सदस्यका छोरा छोरी मध्ये उत्कृष्ट जीपीए ल्याउने छात्र र छात्रालाई सम्मान, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता, उतकृष्ट बाल बचत कर्तालाई सम्मान गरेको थियो । संस्थाकी सदस्य लक्ष्मीमाया श्रेष्ठको छोरा राहुल श्रेष्ठलाई संस्थाकी सञ्चालक सदस्य प्रमिला चण्डी श्रेष्ठले छात्रवृत्ति प्रदान गर्नुभयो । संस्थाका प्रमुख व्यवस्थापक नारायण गोपाल श्रेष्ठले नोवेल साकोसले नीति, विधि, प्रविधिको उच्चतम प्रयोग गरी शेयर सदस्यहरुको जीवनमा आर्थिक सकारात्मक परिवर्तन ल्याउन निरन्तर लागि परेको बताउनुभयो । संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
