संस्थागत विद्यालय मध्ये कै काभ्रे जिल्लामा आफ्नो छुट्टै शैक्षिक पहिचान बनाउन सफल बेलर इन्टरनेश्नल कलेज/स्कुल बनेपाले व्याचलर इन प्रोफेश्नल हस्पिटालिटी (बिपिएच) कार्यक्रम सञ्चालनमा ल्याएको छ । देशमा सिपमूलक शिक्षाको खाँचो भएकाले उक्त कार्यक्रम सञ्चालन गरेको कुरा प्रिन्सिपल इन्दु थापाले बताउनुभयो । काठमाण्डौ विश्व विद्यालय र ग्लेसियर एजुकेशनल फाउन्डेशन बेलर इन्टरनेश्नल एकेडेमी, बनेपाको होटडीङ कम्पनीको संयुक्त कार्यक्रमका सञ्चालन गरिएको निर्देशक पवन थापाले बताउनुभयो । यो पनि ४ बर्षे व्याच्लर डिग्री कोर्ष डिजाइन गरेको छ । यस अघि बेलर इन्टरनेश्नल एकेडेमीले चार्टर एकाउन्टेन्टका लागि अनलाइन कक्षा शुरु गरेको थियो ।
विजया दशमी शुभ दिपावलीको अवसरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा काभ्रे जिल्लाका क्रियाशिल सञ्चार कर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष भोला थापाले देशमा आवश्यक पर्ने सिप सहितको दक्ष जनशक्ति उत्पादन गर्न बेलरले एक इटाँ थप्न मद्दत गरेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे अध्यक्ष बद्रिराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा अध्यक्ष रघुनाथ हुमागाई, अग्रज पत्रकार राजाराम कार्की लगाएतले मन्तव्य राख्नु भएको थियो ।
