झीगु भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष सागरनाथ बादेको सभापतित्वमा सम्पन्न भयो । कोषाध्यक्ष नविन कुमार साखःले आ. व. ०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । सचिव मनोजकुमार भैलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका शेयर सदस्यका छोराछोरी मध्ये क्भ्भ् मा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान, उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गरिएको थियो। ६२ लाख ५१ हजार ७ सय शेयर पूंजी संकलन, ५ करोड ८१ लाख ५२ हजार ४ सय ३७ निक्षेप संकलन, ७ लाख ७ हजार १ सय १० जगेडा कोष रहेको छ ।
