बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. पनौती-१२ खोपासीको २९ औँ वार्षिक साधारण सभाले शान्तकुमार श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्ष रामहरी शर्मा तिमल्सिना, सचिव डोरेन्द्रराज सापकोटा, कोषाध्यक्ष भिम बहादुर खत्री, सदस्यहरु सुनिता धिताल, केशव थापा, अर्जुन खनाल, पुनम घिमिरे, गणेशप्रसाद पराजुली, बुद्धिमाया लामा, लोकदर्शन कर्माचार्य, जमुना खडका, प्रकाश बहादुर कायस्थ निर्विरोध निर्वाचित हुनु भएको छ । लेखासुपरीवेक्षण समितिको संयोजकमा रामकुमार श्रेष्ठ र सदस्यहरु सिद्धिलक्ष्मी पोेटे सैंजु, विदुर थापा, लेखा सुपरीवेक्षण समितिमा निरविरोध निर्वाचित हुनुभएको छ । ४६ हजार ३ सय २१ शेयर सदस्यबाट ४४ करोड ९७ लाख ७२ हजार ८ सय शेयर पूँजी संकलन, २ अर्ब ९८ करोड४१ लाख ९३ हजार २ सय ९८ बचत निक्षेप संकलन, ३ अर्ब ५९ करोड २६ लाख २२ हजार ६ सय ४७ ऋण लगानीमा रहेको छ । कुल संस्था गत पूँजी ३१ करोड ५६ लाख ६२ हजार ७ सय ६२ रहेको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामाले बताउनुभयो । ४ अर्ब ३३ करोड ९५ लाख ९३ हजार ६ सय ५९ कुल सम्पत्ति रहेको छ । ५३ करोड ६७ लाख ५३ हजार ६ सय ५९ तरलता रकम रहेको छ । अर्थात प्रतिशतमा १७ दशमलब ९८ प्रतिशत हो ।
