IMG-LOGO

बनेपा र पाँचखालमा महोत्सव जारी

 मंगल, असोज ११, २०७९  ---

 

      बनेपामा जारी पाँचौ काभ्रे महोत्सव २०७९ को नवौँ दिन आज चर्चित कलाकारहरुको बेजोड प्रस्तुती हुने भएको छ । उग्रेश्वर मन्दिर परिसर बनेपामा जारी महोत्सवमा आज (मंगलबार) गायक रोज मोक्तान, रामहरी न्यौपाने, सहिमा श्रेष्ठ, कोशिष थोकर, हास्यकलाकार गोकुल तामाङ र सुवास मोक्तानले मनोरञ्जन प्रदान गर्ने छन् भने बुधबार गाइका प्रिती आले र विहिबार दुर्गेश थापा रहने बताइएको छ । व्यवसायीक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव असोज १५ गतेसम्म चल्नेछ । यसैबीच पाँचखालमा पनि महोत्सव उल्लासमय रुपमा जारी रहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्