IMG-LOGO

पाँचखाल जीर्ण पोल फेरियो ।

 मंगल, कार्तिक २५, २०७७  --


पाँचखाल नगरपालिका र नेपाल बिद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्र विचमा गत मंसिरमा काठका जीर्ण पोलहरु हटाई लाईन सुधार गर्न लिखित सम्झौता भएपछि ६ हजार जीर्ण पोल फेरिएका छन् ।
गत मंसिरमा पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल र पाँचखाल वितरण केन्द्रको तर्फबाट केन्द्र प्रमुख ई। मेघनाथ ढकालले हस्ताक्षर गरेको सम्झौतामा बिद्युत वितरण लाईन नपुगेर बिद्युत सुविधाबाट बञ्चित रहेका घर तथा बस्तिहरुमा वितरण लाईन विस्तार गरी पूर्ण बिद्युतिकरण भएको नगरपालिका बनाउन र जीर्ण अवस्थाका पोल तथा बिद्युतीय संरचनाहरुलाई सुधार गर्ने भनिएको थियो । सम्झौता पछि पाँचखाल वितरण केन्द्र अन्तर्गत करिव आठ हजार पोल जीर्ण अबस्थामा रहेकोमा हाल सम्म ६ हजार जिर्ण पोल फेरिसकिएको पाँचखाल वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालको भनाई छ ।
वितरण केन्द्रले गत पुस यता मुख्य लाइनका होचा तथा जीर्ण भइ ढल्न लागेका काठका विद्युतिय पोल फेरिसकेको र भित्री शाखा लाईनको पनि धेरै ठाउँमा फेरिसकेको छ । पुराना पोल फेरी स्टिल तथा सिमेन्टका पोल राखेर लाइनको स्तरोन्नति गरेको वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले बताए । वितरण केन्द्रले अहिलेसम्ममा मुख्य लाइनका ३ सय पुराना पोल फेरिसकेको छ ।
‘कुनै बेला हरियो रुख र बाँस गाडेर घर–घरमा विद्युत पुर्याउने काम गरियो’ उनले भने, अहिले तीनै पोल जीर्ण भई विद्युतीय दुर्घटना बढ्न थालेपछि स्टिल र सिमेन्टका पोल राखेर वितरण लाइनको स्तरोन्नति गरिरहेका छौं ।उनले वितरण केन्द्र अन्तर्गत पर्ने स्थानीय तहका करिब ७५ प्रतिशत जीर्ण पोल फेर्ने काम सकिएको ढकालको भनाई छ ।
कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको लकडाउन अवधिमा पनि जीर्ण पोल फेरेर लाइनको स्तरोन्नति गरिएको थियो । आगामी आर्थिक वर्षमा थप २ हजार जीर्ण पोल हटाउने पाँचखाल वितरण केन्द्रको लक्ष्य छ । आउने आर्थिक बर्षमा सबै काठका जीर्ण पोल फेरेर स्टिल र सिमेन्टका पोल राखिसक्ने लक्ष्य रहेको ढकालले जानकारी दिए ।
यस्तै, वितरण केन्द्रले यो वर्ष विद्युत चोरीमा संलग्न साढे ४ सय ग्राहकलाई कारबाही गरी १८ लाख रुपैयाँ जरिवाना असुलेको छ । साथै,२ सय विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरिएको छ । गत बर्षमा पाँचखाल केन्द्र अन्तर्गत ७ सय ५० जना को लाईन काटिएको ढकालको भनाई छ । वितरण केन्द्र स्थापना भएपछि १ हजार ५ सय नयाँ ग्राहक थपिएका उनको भनाई छ ।
गत वर्ष उत्कृष्ठ काम गरेको भन्दै नेपाल भरमा पाँचखाल वितरण केन्द्र उत्कृष्ठ शाखाको रुपमा सम्मानित समेत भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्