IMG-LOGO

एक्सप्रेस साकोसको १४ औं वार्षिक साधारण सभा

 मंगल, असोज ४, २०७९  ---

 

 

       एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थालि. ले चौधौ बार्षिक साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष देवसागर लामाको सभापतित्वमा लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी समुह र सदस्यहरुको सहभागितामा सम्पन्न भएको थियो ।

रु.२६,३२,६९,२१७।४३ बराबरको सम्पत्ति तथा दायित्व निर्माण गर्न सफल भएको छ । संस्थामा शेयर पूँजी १,७१,२८,०००।०० रहेको छ । यस आ.व.मा संस्थाले खुद बचत (नाफा) रु.६४,०७,४४०।७९ गर्न सफल भएको छ । संस्थाको आफ्नो स्वपुँजी कोष हिसाव आ.व. को अन्य सम्ममा रु. २,८७,८७,३५२।५७ निर्माण गर्न संस्था सक्षम भएको छ भने कर्जा नोक्सानी ब्यबस्थामा जम्मा ऋण लगानीको ५% अर्थात १,१७,५२,४७१।०४ ब्यबस्था गरेको छ । संस्थाले आ.व. २०७८÷७९ मा विभिन्न शिर्षकबाट राज्यकोषलाई १३,२९,५२०।९३ बराबरको कर वापत योगदान पु¥याएको छ । अध्यक्ष लामा भन्छन्, संस्थालाई सदस्य विस्तार र वित्तिय आकारमा ठुलो बनाउने भन्दा पनि गुणस्तिरीय सदस्य सेवा र सुविधामा परिस्कृत गरि विश्वसनीय संस्थाको रुपमादिगो कार्यक्रम सहित संस्थालाई गतिशिल बनाई स्थायित्व प्रदान गर्नमा ध्यान केन्द्रीत गरी संस्था अघि बढेको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्