अरनिको बचत तथा ऋण सहकारी संस्था लि को १५ औं वार्षिक साधारण सभा सस्थाका अध्यक्ष हिरा शर्मा नेपालको सभापतित्वमा सम्पन्न भयो । सचिव रोजी मुनाकर्मीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष रामेश कुमार रञ्जीतले आ.व. ०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा संयोजक गोपिचन्द शाहीले लेखा तथा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। ६ सय २ शेयर सदस्यबाट ६९ लाख ७५ हजार ५ सय शेयर पूँजी संकलन , ४ करोड निक्षेप संकलन, ४ करोड ८३ लाख ३३ हजार ३ सय ८५ खुद ऋण लगानी गरी ४ लाख १ हजार ३ सय ५ सञ्चालन मुनाफा गर्न सफल रहेको कुरा संस्थाका प्रवन्धक सरोज मानन्धरले जानकारी दिनुभयो ।
