IMG-LOGO

बुडोल सामुदायिकको २३औं वार्षिक साधारण सभा

 मंगल, असोज ४, २०७९  ---

 

       समुदायमा आधारित रहेर सदस्यको सामाजिक, साँस्कृतिक र आर्थिक विकासमा निरन्तर सेवारत बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २३औं वार्षिक साधारण सभा बनेपा, धुलिखेल र नाला गरी ३ क्षेत्रमा क्रमशः अध्यक्ष कैलाश के.सी., लेखा सुपरीवेक्षण समिति संयोजक पूर्णबहादुर कार्की र सचिव जयराम थापाको क्षेत्रगत सभापतित्वमा सम्पन्न भएको छ । सभामा बनेपा क्षेत्रको कार्यक्रम संचालन लेखा सुपरिवेक्षण समतिकी सदस्य शर्मिला नेपालले, स्वागत मन्तव्य संचालक समिति सदस्य गीता कुँवर क्षेत्रीले र प्रतिवेदन प्रश्तुत सह–कोषाध्यक्ष राधाकृष्ण श्रेष्ठले प्रश्तुत गर्नु भएको थियो भने धुलिखेल क्षेत्रको कार्यक्रम संचालन पूर्व शिक्षा अधिकृत नविन बडालले, स्वागत मन्तव्य संचालक समिति सदस्य गायत्री खड्काले र प्रतिवेदन प्रश्तुत उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले प्रश्तुत गर्नु भएको थियो साथै नाला क्षेत्रको कार्यक्रम संचालन टुकुचा जागरण सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य  जयराम श्रेष्ठले, स्वागत मन्तव्य संचालक समिति सदस्य  अनिला श्रेष्ठले र प्रतिवेदन प्रश्तुत सह–सचिव  प्रकाश भुर्तेलले प्रश्तुत गर्नु भएको थियो ।

       प्रतिवेदन मार्फत आर्थिक वर्ष २०७८।०७९ को अन्त्यमा संस्थाको कुल सम्पत्ति रु.१,७४,६५,५१,८२९।८१, कुल बचत रु. १,३२,२१,८४,४८४।६५, शेयर पूँजी रु.१४,८७,२९,९००।००, लगानीमा रहेको ऋण रु. १,३३,५४,६४,९९२।८७, संस्थागत पूँजी रु. ११,७६,२५,५२०।८८ र संचालन मूनाफा रु.६,२१,६८,११७।२१ रहेको विवरण सम्बन्धित प्रतिवेदन प्रश्तुतकर्ताले प्रश्तुत गर्नुभएको थियो । सभाले सदस्यहरुलाई १४.५० प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ३.५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ । सभासमक्ष प्रमुख सल्लाहकार एवम् निवर्तमान अध्यक्ष  रामहरि के.सी., सल्लाहकार प्राध्यापक  भोलाबहादुर के.सी., र सल्लाहकार भैरव के.सी.ले क्षेत्रगत रुपमा आ–आफ्नो क्षेत्रबाट शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारण सभामा सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्बोधन गर्दै सभाध्यक्षहरुले क्षेत्रगत रुपमा आ–आफ्नो क्षेत्रबाट धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो । सभामा कुल सदस्य संख्याको ५९ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको र संस्थामा आवद्ध शेयर सदस्यहरुलाई शेयर लाभांश र बाल बचतकर्ता सदस्यहरुलाई बचतको आधारमा कापि पेन्सील÷पेन वितरण २०७९ असोज ६ गते विहिबारबाट वितरण गर्ने जानकारी संस्थाका का.मू. प्रमुख कार्यकारी अधिकृत  रामकृष्ण रायक्षेत्रीले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्