धुलिखेल न्यू गौखुरेश्वर युवा क्लवको अधयक्षमा सुशिलकुमार मानन्धर निर्वाचित हुनुभएको छ । क्लवको १७ औँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्ष ओमकार जंगम, सचिव अञ्जना देवजु, कोषाध्यक्ष कृष्णराम देवजु, सदस्यहरु भजराम जंगम, श्यामलाल श्रेष्ठ, अनुज श्रेष्ठ, अशोक श्रेष्ठ र सन्तोष आचार्य रहनु भएको छ । धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगमको आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्लवका सदस्य अन्जना देवजुले गर्नुभयो । धुलिखेल वडा नं ७ का वडा अध्यक्ष रोमीप्रसाद व्याञ्जु श्रेष्ठ, समाजसेवी दिपेन्द्र देवजु लगायतको आतिथ्यता रहेको थियो ।
क्लवका सचिव कृष्णराम देवजुले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुशिलकुमार मानन्धरले आ.व. ०७८÷०७९ को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । ११ लाख ७८ हजार ९ सय ८२ आम्दानी र ११ लाख ८४ हजार ६ सय ३२ व्याय विवरण प्रस्तुत गरिएको थियो । भलिवल खेलाडी श्रीराम देवजु लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि निराजन जंगमले खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । क्लवका उपाध्यक्ष ओमकार जंगमले खेलाडी राहत कोष खडा गरी खेलकुद क्षेत्रको सकारात्मक विकास गर्नुपर्ने धारण राख्नुभयो ।
