IMG-LOGO

धुलिखेल नगरमा योग शिविर सम्पन्न

 मंगल, असोज ४, २०७९  ---

 

       पतन्जलि योग समिति काभ्रे र धुलिखेल नगर समितिको आयोजनामा धुलिखेल नगरपालिकाको वडा नं १ देखि १२ सम्म आयोजना गरिएको वडा स्तरीय योग विज्ञान शिविरको समापन कार्यक्रमको आयोजन गरियो । उक्त कार्यक्रमको प्रमुख अतिथि धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले यो योग शिविरबाट धुलिखेल नगरमा स्वच्छ समाजको निर्माणको परिकल्पनालाई सकारात्मक सहयोग पुगेको बताउनुभयो । सोही कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले योग अभ्यास कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताउनुभयो । पतन्जली योग समिति बागमती प्रदेश प्रमुख ग्रुबेन तौजलेले स्वाच्छ समाज निर्माण नै योग अभ्यासको उद्देश्य रहेको हुनाले जिल्ला भरिनै योग जागरणमा लागि परेको र यस अभियानलाई हरेक क्षेत्रबाट सहयोग प्राप्त भएको बताउनुभयो । उक्त कार्यक्रममा पतन्जली योग समितिका काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, बागमति प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, सल्लाहकार सरिता शाक्य, धुलिखेल नगरपालिकाका नगर उपप्रमुख विमला शर्मा, पतन्जली योग काभ्रेका उपाध्यक्ष प्रकाश कायस्थ, धुलिखेल नगरका संयोजक विष्णु शर्मा, महामन्त्री अरुन चित्रकार, पद्यमा श्रेष्ठ र खाइवा लामा लगायतले मन्तव्य राख्नुभएको थियो ।

       यसैविच धुलिखेल नगरपालिका वडा न ९ मा पतन्जली योग साधना केन्द्रको स्थापना भएको छ । उक्त समितिको संयोजकत्वमा रामचन्द्र हुमागाई, सह संयोजकमा सरोज हुमागाई, सदस्यहरुमा रामभक्त हुमागाई, मनमाया श्रेष्ठ, स्वनी विस्ट, बलराम सिक्देल, रामप्रसाद हुमागाई, सुसान्त सापकोटा र अनन्त हुमागाई रहनुभएको छ भने सल्लाहकारमा वडा अध्यक्ष बद्रिप्रसाद हुमागाई र संयोजक विष्णु शर्मा रहनु भएको छ ।

       यस्तै पनौती नगरपालिका वडा न ५ स्थित चौकोटमा एक दिने योग विज्ञान शिविरको आयोजना गरिएको छ । उक्त शिविरको उद्घाटन उक्त वडाका वडाअध्यक्ष विनोद खत्री र पतन्जली योग समिति बागमति प्रदेश प्रमुख ग्रुवेन तौजलेले गर्नुभएको थियो । सोहि कार्यक्रमबाट चौकोट योग साधना केन्द्रको स्थापना गरिएको थियो । उक्त समितिको पदाधिकारीहरुको नाम पतन्जली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले घोषणा गर्नुभएको थियो भने बागमती प्रदेश प्रमुख ग्रुवेन तौजलेले पदस्थापन गराउनु भएको थियो । उक्त समितिको संयोजकमा सुर्यकमल श्रेष्ठ र सदस्यहरुमा सानुकाजी महत, मिना श्रेष्ठ, माधन अधिकारी, प्रतिज्ञा भण्डारी र गौरिनाथ प्रधान रहुन भएको छ भने सल्लाहकारमा पनौती नगरपालिकाका ५ नं वडा अध्यक्ष विनोद खत्री, तिर्थ माया प्रधान र मौया महत रहनु भएको छ । उक्त योग साधना केन्द्रमा दैनिक रुपमा योग अभ्यास समेत सुचारु रुपमा सञ्चालन भएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्