सामाजिक सेवामा अग्रस्थानमा रहेको लायन्स क्लव अफ काभ्रे बनेपा को ४५ औं , लियो क्लव अफ काभ्रे बनेपाको ३८ औं र लियो क्लव अफ बनेपाको २२ औं इन्डक्सन र पदस्थापन कार्यक्रम शनिवार सम्पन्न भयो । लायन वर्ष २०२१÷२०२२ का अध्यक्ष लायन सुरेशभक्त भोछिभोयाको अध्यक्षतामा शुरुभएको उक्त कार्यक्रममा पूर्व उद्योग राज्यमन्त्री कञ्चन चन्द्र बादे र बनेपा नगर पालिकाका प्रमुख शान्ति रत्न शाक्य विशिष्ठ अतिथीको रुपमा उपस्थिति जनाउनुभएको थियो । कार्यक्रममा लायन्स मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल का मल्टिपल काउन्सिल चेयरपर्सन लायन केशव पाण्डे, डिष्ट्रिक्ट ३२५ जिका डिष्ट्रिक्ट गभर्नर लायन उत्तम प्रसाद झा र अन्य लायन्सका पदाधिकारी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो ।
डिष्ट्रिक्ट गभर्नरज्यूले लायन वर्ष २०२२÷२०२३मा लायन्स तथा लियो क्लवमा भित्रिनुभएका नयाँ सदस्यज्यूहरुलाई संस्थामा स्वागत गर्दै लायन्स तथा लियो क्लवको बारेमा संक्षिप्त जानकारी दिनुभयो । त्यस्तै लायन्स र लियो क्लवका लायन वर्ष २०२२÷२०२३ का लागि नव निर्वाचित सम्पूर्ण पदाधिकारीज्यूहरुलाई उहाँहरुको पदीय दायित्वकाबारे जानकारी दिंदै पदस्थापन गरियो । नयाँ नेतृत्वमा लायन्स क्लवको अध्यक्षमा लायन पदमसुन्दर श्रेष्ठ, लियो क्लव अध्यक्षमा लियो सुजल मानन्धर र सुशान्त शाही आउनुभएको छ ।उहाँहरुले हालसम्म गरेका कार्यक्रम विवरण तथा आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुभयो ।
उक्त कार्यक्रममा संस्थापक अध्यक्ष लायन रामराजा धौवडेल, डिष्ट्रिक्ट टे«जरर गोकुल प्रसाद प्रजापती, प्रथम भिडिजि लायन दिपक कृष्ण प्रजापती, डिष्ट्रिक्ट गभर्नर उत्तम प्रसाद झा लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रम लायन वर्ष २०२१÷२०२२र लायन वर्ष २०२२÷२०२३ का सचिवद्घय लायन सुरज मकै श्रेष्ठ र सरोज तिमल्सेनाले संचालन गर्नुभएको थियो ।
