सिद्धार्थ कलेज बनेपाले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई एवं शुभकामना र विविएस अध्यन गर्न आउने विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न गरेको छ । २०४० सालमा स्थापना भएको पहिलो संस्थापक विद्यालय हो सिद्धार्थ एकेडेमी हाल विज्ञान र व्यवस्थापन संकायको अध्यापन गरिन्छ । व्यवस्थापन तर्फ उच्च शिक्षामा विविएसको विद्यार्थीहरुले अध्ययन गर्न सक्छन् । सिद्धार्थ कलेजका अध्यक्ष ज्ञानवहादुर केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चालक सदस्य केशव श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो । क्याम्पस प्रमुख पुकार कारञ्जीतले क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्न सकेको कुरा बताउनुभयो ।
सहायक क्याम्पस प्रमुख कुमार मानन्धरले कलेजले विद्यार्थी केन्द्रीत स्तरीय शिक्षा प्रदान गर्नुका साथै जीवनको सफल गन्तव्यको यात्रामा पुग्न सक्ने शिक्षा प्रदान गरेको उल्लेख गर्नुभयो । विद्यार्थीहरुको लगनशिलता शिक्षकहरुको प्रभावकारी शिक्षण सिकाई र अभिभावक वर्गको सहयोग र सद्भाव विश्वासले शैक्षिक गन्तव्यमा पुग्न सकिने कुरा सहायक क्याम्पस प्रमुख कुमार मानन्धरले बताउनुभयो । काभ्रे इङ्गलिस सेकेण्डरी स्कुल पनौतीका प्रिन्सिपल बसन्तराज नेपाल, शिक्षक सन्तोष घिमिरे र गुञ्ज प्रसाद लुइटेल लगायतले मन्तव्य राख्नु भएको थियो । कक्षा १२ की कलेज टप छात्रा रविना पाठकलाई बधाई सहित ७२ जना विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानवहादुर केसीले टिका र खादा लगाई स्वागत गर्नु भएको थियो ।
