IMG-LOGO

क्षितिज इङ्गलिश बोर्डिङ स्कुलको १६ औँ वार्षिक उत्सव

 मंगल, असोज ४, २०७९  ---

 

       क्षितिज इङ्गलिश बोर्डिङ स्कुल बनेपाको १६ औँ वार्षिकोत्सव, एसईई २०७६÷०७७÷०७८ को विदाई तथा पुरस्कार वितरण समारोह नमोबुद्ध बेंक्वेटमा सोमबार सम्पन्न भएको छ । पहिलो दिन आइतबार बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा शुभारम्भ भएकोे कार्यक्रम सोमबार काठमाण्डौँ विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको प्रमुख आतिथ्यतामा समापन भएको हो । नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरुले विविध सांस्कृतिक, मनोरञ्जनात्मक, मार्सल आर्ट प्रस्तुती गरेको कार्यक्रममा अतिरिक्त क्रियाकलाप र शैक्षिक सत्रमा उत्कृष्ट हुनुहुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

       विद्यालय सञ्चालक समितिका अध्यक्ष हरिगोपाल प्रधानाङ्गको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा (दाहाल), संस्थापक संरक्षक गोविन्दलाल प्रधानाङ्ग, सञ्चालक समिति सदस्यहरु, सल्लाहकार समिति सदस्यहरु, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, शेयर सदस्यहरु, अभिभावक, शिक्षक तथा कर्मचारी, पत्रकारहरु, विद्यार्थी लगायत आमन्त्रित पाहुनाहरुको उपस्थिति रहेको थियो । कक्षा ४ र ५ का विद्यार्थीहरुले स्वागत गान मार्फत शुभारम्भ गरिएको कार्यक्रममा शिक्षक रस्मिला तामाङ र कृष्ण प्रसाद तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो । विद्यालयका प्रिन्सिपल लिलाधर पौडेलले विद्यालयको गतिविधि माथि प्र्रकाश पार्नु हुँदै आफ्नो मन्तव्य राख्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्