“बालमैत्री समाजको आधार जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मुल नाराका साथ राष्ट्रिय बाल दिवस बुधबार काभ्रे जिल्लाका स्थानीय सरकारको गाउँपालिका नगरपालिकामा विविध कार्यक्रम गरी मनाएको छ । बनेपा, धुलिखेल, पनौती, पाँचखाल र मण्डन देउपुर नगरपालिकामा गठन भएका बाल क्लव र बाल सञ्जाल सम्लग्न रही व्यक्तित्व कला शैक्षिक सामाग्री वितरण जस्ता कार्यक्रमहरु सम्पन्न गरी मनाएको छ ।
त्यस्तै गरी शैक्षिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल संस्थागत विद्यालय मध्येको शैक्षिक प्रतिष्ठान स्कुल तथा कलेजले राष्ट्रिय बाल दिवसको अवसरमा युकेजी देखि कक्षा ३ सम्मका करीव ४ सय विद्यार्थीहरुलाई मिठाई, शैक्षिक सामाग्री वितरण गरी मनाएको छ । विद्यालयका प्रवन्ध निर्देशक प्रताव वैद्य, सहायक प्रिन्सिपल रत्नराज खतिवडा, विद्यालयका शिक्षक वर्ग र विद्यार्थीहरुले मिठाई र शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो ।
