IMG-LOGO

गाउँले साकोसको स्वास्थ्य शिविर

 मंगल, असोज ४, २०७९  ---

 

       बनेपा, गाउँले बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–७ ले बनेपा चारदोवाटोमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कम्युनिटी वेलनेस सेन्टर बनेपा र सुप्रिम डेन्टल केयर बनेपाको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरेको कुरा संस्थाका कोषाध्यक्ष सञ्जीव थापाले जानकारी दिनुभयो । सुगर, प्रेसर, सामान्य चिकित्सा पारमर्श, फिजीयो परामर्श डेन्टल सेवा प्रदान गरेको थियो । डाक्टरहरु अनुराग श्रेष्ठ, सञ्जय थापा, प्रकाश सुवाल, रोजीना देवजु र नर्सहरुले विरामीहरुको जाँच र परामर्श सेवा, निःशुल्क औषधी वितरण गर्नु भएको थियो । संस्थाका सचिव उज्वल सत्यालका अनुसार २ सय २०  सदस्यले स्वास्थ्य लाभ लिनु भएको जनाउनुभयो । संस्थाकी अध्यक्ष पुजा नकर्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार सानुकाजी थापाको आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्