बनेपा, ”आपसी सहयोग सद्भाव र सामुहिक हितका लागि सहकारी“ भन्ने उद्देश्यका साथ सञ्चालनमा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लि बनेपाको २७ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष बालकृष्ण दाहालको सभापतित्वमा तथा नेपाल बचत तथा ऋण सहकारी, केन्द्रीय सहकारी संघका अध्यक्ष परीतोष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संस्थाका उपाध्यक्ष गोपीकृष्ण घिमिरेले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा संस्थका सचिव होम प्रसाद ढुङ्गेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले आ.व. ०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक मोतप्रसाद सापकोटाले लेखा प्रतिवेदन सुझाव सहित प्रस्तुत गर्नुभयो ।
८ हजार १ सय ६१ शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी २३ करोड ५३ लाख ३५ हजार २ सय रहेको छ । १ अर्ब ४९ करोड ७८ लाख १६ हजार ३ सय ५३ निक्षेप संकलन, १ अर्ब ६८ करोड ६४ लाख ११ हजार २ सय १८ ऋण लगानी गरी ५ करोड ५१ लाख २० हजार ५ सय ६० खुद मुनाफा कमाउन सफल भएको छ । १३ करोड २५ लाख ७६ हजार ५ सय २ जगेडा तथा अन्य कोष रहेको छ । संस्थाका सञ्चालक सदस्य सम्भुप्रसाद घिमिरेद्वारा रचित मनकामना साकोसको गित चर्चित गायककार रामहरी न्यौपाने र अञ्जु पन्तको स्वरमा रेकर्ड भएको गितको समेत कार्यक्रममा विमोचन भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा समेत सम्मानित हुनुभएको थियो र १४० जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा बेथानचोक गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमवहादुर तिमल्सिना, बचत तथा ऋण सहकारी संघका सल्लाहकार सम्भुलाल श्रेष्ठ, बनेपा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारी नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, संस्थाका सल्लाहकारद्वय सोमप्रसाद हुमागाई, राजकुमार मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लिका कोषाध्यक्ष ओम बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपाने लागायतको आतिथ्यता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले सहकारी संस्थाले नीति, विधि,पद्धतीको माध्यामबाट सदस्यहरुो बृहत्तर आर्थिक हित गरेको उल्लेख गर्नुभयो । बरिष्ठ प्रवन्धक सुजन जंगमका अनुसार सदस्यहरुको सेवा प्रदान गर्न सवारी साधनको कर भुक्तानी सेवा, नविकरण सेवाको सुरुवात सिटी एक्सप्रेस रेमिटान्स विप्रेसन सेवाको सुरुवात, शेयर सदस्य स्वास्थ्य उपचार खर्च वितरण कार्यक्रम, श्रद्धाञ्जली तथा आर्थिक राहत उपलब्ध गराउने कार्य गर्दै आएको बताउनुभयो । कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य सम्भुप्रसाद घिमिरेले गर्नु भएको थियो ।
