“चण्डेश्वरी हजुरको हातमाः हजुरको समृद्धि चण्डेश्वरीको साथमा” भन्ने नाराका साथ समुदायमा आधारीत सहकारी संस्था चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको ३० औँ वार्षिक साधारण स भा हिजो बनेपा पार्टी भेन्यूमा संस्थाका अध्यक्ष विकास बादेको सभापतित्वमा तथा राष्ट्रिय सहकारी संघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विशिष्ट अतिथि बनेपा नगरपालिकाका नगरप्रमुख शान्ति रत्न शाक्य हुनु हुन्थ्यो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का उपाध्क्ष सागरनाथ कपाली, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना कानुनी सल्लाहकार ओमकाजी प्रजापती सल्लाहकारद्वय इन्द्रनारायण भैल, बालभक्त प्रधान लगायतको आतिथ्यता रहेको थियो । लेखा संयोजक सुरेन्द्र प्रजापति, कोषाध्यक्ष नविन भक्त बादेले आ.व. ०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । सचिव रामप्रसाद श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । ८ हजार १ सय ३३ शेयर सदस्यबाट ११ करोड ४५ लाख ७७ हजार ६ सय शेयर पूँजी संकलन, ८५ करोड ५५ लाख ३४ हजार ९ सय २६ बचत निक्षेप संकलन, १ करोड ८७ लाख ७९ हजार ७ सय चालु दायित्व रहेको छ । कुल पूँजी तथा दायित्व १ अर्ब १६ करोड ३७ लाख ९३ हजार ६ सय ४० रहेको छ । १२ करोड ४६ लाख ६ हजार ६ सय २२ व्याज आम्दानी गर्न सफल भएको छ । हिजो सम्पन्न ३० औँ साधारण सभाले नविनभक्त बादेको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । उपाध्यक्ष रमेश काजी श्रेष्ठ, सचिव बुद्धरत्न मानन्धर, कोषाध्यक्ष हेमन्तराज प्रधान, सहसचिव रोशना राजवंशी, सदस्यहरु बद्रीनाथ बादे, पूर्ण पोटे, जितेन्द्र भक्तपोटे, रुकमणी राजभण्डारी रहनु भएको छ । रामप्रसाद श्रेष्ठको संयोजकत्वमा सदस्यह सुरेन्द्र प्रजापति र विनय कृष्ण कायस्थ रहेको लेखा सुपरिवेक्षण समिति निर्वाचित गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत झलेन्द्र प्रसाद दाहालका अनुसार सहकारीले सदस्यहरुको आर्थिक उन्नती, उद्यमशिलताको विका गर्दै अघि बढेको बताउनुभयो । संस्थाले प्राकृतिक मृत्युराहत, घाटक रोक उपचार, सवारी दुर्घटना उपचार खर्च, आगोलागि बाट भएको क्षति वापत भएको राहत, महिला सदस्य प्रसुती पौष्टिक आहार , दुर्घटना मृत्यु राहत र महिला सदस्यको तल्लो पेटको अपरेशनको लागि समेत सदस्य राहतका कार्यक्रम सञ्चालन गरी सदस्यहरुको लोकप्रिय संस्था बन्न सकेको छ । संस्थाले एक्सीस ब्रोञ्ज समेत प्राप्त गरेको छ ।
