IMG-LOGO

एकता बचतको १५ औँ सभा

 मंगल, असोज ४, २०७९  ---

 

 

       एकता बचत तथा ऋण सहकारी संस्था लि. बनेपा–८ को १५ औँ वार्षिक साधारण सभा संस्थाका जेष्ठ शेयर सदस्य प्रेम वहादुर भण्डारीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो । संस्थाका अध्यक्ष स्वयमकाजी पोटेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रवन्धक शर्मिला प्रधानले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष विष्णु ओम पोटेले आ.व.०७८÷०७९  को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक चिनीकाजी श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ हजार ४ सय ३४ शेयर सदस्यबाट २ करोड १९ लाख ८२ हजार ३ सय शेयर पुँजी संकलन, १७ करोड २७ लाख ६ हजार ५ सय ८१ ऋण लगानी गरेर २ करोड ४१ लाख ८७ हजार ७४ आम्दानी गर्न सफल भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्