बनेपा, आभाष बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ वार्षिक साधारण सभा बनेपा नगर पालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संस्थाका अध्यक्ष दिनेशराज कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रमको धन्यवाद ज्ञापन संस्थाका उपाध्यक्ष ग्रुवेन तौजलेले गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शान्तिरत्न शाक्यले बनेपा नगरपालिकाको समग्र विकास गर्न सबै बनेपा नगरबासीको सहयोग सदभाव विश्वास आवश्यक रहेको र संघ संस्था बैँक, सहकारी संस्थाहरुले पनि सामाजिक उत्तरदायित्व अन्तरगत नागरिकहरुको हितमा कार्य गर्न विकास निर्माणमा समेत जागरण ल्याउन भूमिका खेल्न सक्ने परिस्थिति निर्माण गर्न सके विकासमा तिव्रता ल्याउन सहज हुने धारणा राख्नुभयो । सबै नगरवासीलाई सुद्ध पिउने पानी खुवाउने कार्य एक घर एक धारा जडान कार्य केही समयमै पुरा हुने र भौतिक पूर्वाधार सडक शिक्षामा गुणस्तर विकास, फोहोरको उचित दिगो विकास गर्ने तिर नगरको ध्यान केन्द्रीत गरेकोे नगर प्रमुख शाक्यले भन्नुभयो । संस्थाका सल्लाहकार एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शुरकृष्ण् बैद्यले सहकारी क्षेत्रको विकासले राष्ट्रको आर्थिक क्षेत्रको विकासमा योगदान पु¥याएको बताउनुभयो ।
जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले काभ्रेका १ हजार ४ सय ९५ सहकारी संस्थाका ३ लाख ८३ हजार शेयर सदस्यहरु आवद्ध रही आर्थिक क्रियाकलापमा सहभागी रहेको बताउनुभयो । २ वर्ष अघिको अभिलेखिकरणमा २ हजार २ सय ५६ जनाले सहकारीमा रोजगारी प्राप्त गर्न सकेको, २१ अर्ब पुँजी संकलन गरेका सहकारीहरुले आर्थिक विकासमा सकारात्मक भूमिका रहेको कुरा जिल्ला सहकारी संघ काभ्रे अध्यक्ष शर्माले उल्लेख गर्नुभयो । सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचार टिका टिप्पर्णीमा मात्र विश्वास नगरी शेयर सदस्यहरुले आफू सदस्य रहेको संस्थामा आर्थिक अवस्था के भइ रहेको छ भनि तथ्य बुझ्न जरुरी रहेको र नियमन निकायले र सहकारीका छाता संघहरुले समेत सहकारी अभियान जोगाउन अग्रज पिंढीहरु लागि रहेको आगामी दिनमा पनि निरन्तर लाग्नु पर्ने धारणा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष शर्माले राख्नुभयो । शर्माले भन्नुभयो जिल्ला सहकारी संघमा आवद्ध रहेका प्रारम्भीक सहकारी संस्थाहरुको लगानी र बचत रकम सुरक्षित रहेको प्रष्ट पार्दै नियमन निकाय र सरोकारवालाहरुले संघको गतिविधि आर्थिक अवस्थाको बारेमा जनुसुकै बेला आएर बुझ्न हेर्न सकिने बाहिर आएका विषय बस्तुहरुलाई मात्र ध्यान केन्द्रीत नगर्न आग्रह गर्दै आर्थिक अनियमितता भएको प्रमाणित भए आफू जस्तो सुकै कारवाही भोग्न तयार भएको कुरा राख्नुभयो ।
संस्थाका सचिव प्रकाश कायस्थले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष धर्मभक्त प्रधानले आ.व. ०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक विकास वैद्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ हजार ४ सय ३१ शेयर सदस्यबाट ३ करोड ७० लाख ९८ हजार ८ सय, शेयर पुँजी संकलन, ५८ करोड ५ लाख ३६ हजार १ सय ३२ बचत संकलन, ५६ करोड ५९ लाख २४ हजार ३ सय ५० ऋण लगानी गरी ८ करोड ४७ लाख २८ हजार २३ आम्दानी गर्न सफल भएको छ । ७१ करोड ६४ लाख १२ हजार ७ सय ३२ कुल कारोवार गरेको छ । उत्कृष्ठ ऋणी, उत्कृष्ठ बचतकर्ता, एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान, २०७९ को उत्कृष्ठ कर्मचारी मनिसा महतलाई सम्मान गरिएको थियो । संस्थाका प्रमुख प्रवन्धक सुवास बैद्यले सहकारीले छोरी अभियान, निःशुल्क एविविएस सेवा, एस.एम.एस अलर्ट सेवा, रेमिटान्स सेवा, आभाष सदस्य सुरक्षण कार्यक्रम, घातक रोगका लागि उपचार गराउनु पर्ने विरामीको लागि २५ हजार आर्थिक सहयोग उपलब्ध, विभिन्न स्वास्थ्य शिविर, सामाजिक क्रियाकलाप निरन्तर गर्दै आएको बताउनुभयो ।
