बनेपा, शुलभ बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १२ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष विक्रम भैलको सभापतित्वमा सम्पन्न भयो । संस्थाका सचिव होम प्रसाद तिमल्सिनाले प्रगति प्रतिवेदन तथा कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष दमन कुमार श्रेष्ठले आ.व. ०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक आरती श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । ३ हजार ४ सय ३१ शेयर सदस्यबाट ४ करोड ९४ लाख ४४ हजार ९ सय शेयर पुँजी संकलन, ६५ करोड २० लाख ३४ हजार ९० हजार आम्दानी गर्न सफल भएको छ । जगेडा कोष २ करोड ८७ लाख २९ हजार ३ सय ३१ रहेको संस्थाका प्रवन्धक रमेश श्रेष्ठले बताउनुभयो। कार्यक्रममा संस्थापक अध्यक्ष विरेन्द्र प्रसाद घिनाङनु सल्लाहकारहरु भागवत श्रेष्ठ, ओमकाजी प्रजापति अर्जुनदाश श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
