युवा बचत तथा ऋण सहकारी संस्था लि. को २६ औँ वार्षिकोत्सव तथा २४ औँ वार्षिक साधारण सभा शनिबार बनेपामा सम्पन्न भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका सचिव सरोज तिमल्सेनाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामशरण राउतले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक विकास पन्तले समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ७ हजार ८ सय ३० जना सदस्य रहेको संस्थाको शेयर पुँजी ५ करोड ४ लाख २२ हजार १ सय ३८, बचत तथा निक्षेप ३२ करोड ६१ लाख १८ हजार ४ सय ४९ रहेको छ भने स्थिर पुँजी ७० लाख ६२ हजार ८ सय ६१ रहेको बताइएको छ ।
उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता, एसईई परिक्षामा उत्र्तीण शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको कार्यक्रममा सामुदायिक साकोसका अध्यक्ष प्रकाश बञ्जरा, चण्डेश्वरी साकोसका अध्यक्ष विकास बादे, मनकामना साकोसका अध्यक्ष बालकृष्ण दाहाल, मोडल साकोसका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिना, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष निर्मला श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष भिम प्रसाद शर्माले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन गरिवी न्यूनिकरण उपसमिति सदस्य नवराज ढकालले गर्नुभयो । यसैबीच युवा बचत तथा ऋण सहकारी संस्था लि र पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौतामा हस्ताक्षर भई सकेको छ । दुबैको साधारण सभा पश्चात एकीकृत हुने संस्थाको शेयर सदस्य संख्या ४८ हजार र कुल पूँजी रु. ४ अर्ब २२ करोड हुनेछ भने शेयर पूँजी रु ३८ करोड पुग्ने छ । लगानीमा रहेको ऋण रु ३ खर्ब ३३ करोड हुनेछ । बचत निक्षेप रु अर्ब ६० करोड हुनेछ । जगेडा कोष रु ३० करोड हुनेछ र अन्य कोषहरु रु २१ करोड गरी जम्मा कोष रु.५१ करोडको हुनेछ ।
