जिल्ला प्रहरी कार्यालय धुलिखेलले विश्व आत्महत्या दिवसको अवसरमा बनेपाको नगरपालिया परीक्रमा गरी अरनिको पार्टी प्यालेसमा औपचारीक कार्यक्रम गरेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी प्रमुख चक्रराज जोशी, वनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दाहाल, पनौती नगरपालिका उपप्रमुख गिता बज्जारा, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोतम सेढाई लगाएतको आतिथ्यता रहेको थियो। संघ संस्थाका प्रतिनिधि विद्यार्थीहरुको सहभागी रहेको थियो । प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानले बताउनु भयो । यसैगरी आत्महत्याका घटनाहरु दिन प्रतिदिन वढ्दै गएकाले यसको रोकथाम र निमन्त्रणका लागि स्थानीय सरकार विभिन्न सामाजिक संघ संस्थाले जागरण अभियान सञ्चालन गर्नु पर्ने कुरा राख्नु भयो ।
