IMG-LOGO

रेडक्रस काभ्रेको अध्यक्षमा रघुनाथ हुमागाई

 मंगल, असोज ४, २०७९  ---

 

       नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको अध्यक्षमा रघुनाथ हुमागाई निर्वाचित भएका छन् । निर्वाचनमा हुमागईंले ७४ मत प्राप्त गरि विजयी भएका हुन् भने प्रतिस्पर्धी विदुर प्रसाद घिमिरेलाई ६० मत प्राप्त गरेका थिए । उपसभापतिमा दवेन्द्रप्रसाद भैल, महिला उपसभापतिमा पुण्यमती घले, मन्त्रीमा हेमलाल तामाङ, उपमन्त्रीमा राजु सिग्देल, कोषाध्यक्षमा प्रेमकुमार तामाङ, उपकोषाध्यक्षमा निलम श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी महिला सदस्यहरु पार्वती थापा, सुभद्रादेवी गुरागाईं, गीता तिमल्सिना, अन्य सदस्यहरुमा अनन्तकृष्ण श्रेष्ठ, देविप्रसाद नेपाल, नवराज दुलाल, ज्ञानबहादुर तामाङ, पुस्कर प्रसाद तिमल्सिना, कृपेन्द्र श्रेष्ठ र भोटु हुमागाईं निर्वाचित भएका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्