रोशी गाउँपालिका वडा नं ७ विक टोल बस्ने ३२ वर्षीय राजकुमार विकले सामान्य घरायसी झगडाको कारण ३१ वर्षीय आफ्नै श्रीमती साइली विकलाई खुकुरी प्रहार गर्दा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीलाई जानकारी प्राप्त भएपछि मंगलटारको प्रहरी टोलिले खुकुरी हान्ने राजकुमारलाई पक्राउ गरेको छ ।
घाइते साइली विकलाई धुलिखेल अस्पतालमा उपचार गर्दै गरेको कुरा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानले बताउनुभयो ।
