पतंजली योग समिति काभ्रेको आयोजना र पतंजली योग समिति धुलिखेल नगरको संयोजनमा धुलिखेल नगरपालिकाको वडा नं. १ देखि १२ सम्म दैनिक रुपमा योग विज्ञान शिविरको आयोजना गर्ने हेतुले जारी रहेको योग शिविरको वडा नं. ४ मा सम्पन्न योग शिविरको उक्त वडाका वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिना, वडा नं. ५ मा सम्पन्न योग शिविरको उक्त वडाका वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ, वडा नं. ६ मा सम्पन्न योग शिविरको उक्त वडाका वडा अध्यक्ष संजय कोजु र वडा नं. ७ मा सम्पन्न योग शिविरको उक्त वडाका वडा अध्यक्ष रोमी व्याञ्जुबाट उद्घाटन गर्नुभयो ।
पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजले प्रमुख प्रशिक्षक रहेको उक्त शिविरहरुमा स्थानीय सर्वसाधारणहरुबाट उत्साहजनक रुपमा सहभागी भएको पाईएको छ । साथै उक्त योग शिविरको आयोजनाबाट जन प्रतिनिधिहरुले पनि दैनिक रुपमा योग अभ्यास गर्ने र योग अभ्यासको लागि उचित स्थानको व्यवस्थापन तर्फ लाग्ने बताउनुभयो । सो कार्यक्रमहरुमा पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, सल्लाहकार सरिता शाक्य, महिला अध्यक्ष अनु श्रेष्ठ, धुलिखेल नगरका संयोजक विष्णू शर्मा, धुलिखेल नगरका पूर्व उप प्रमुख विमला शर्मा, धुलिखेल नगरका महा मन्त्री अरुण चित्रकार, दयाराम महत लगायतको सकृय सहभागीता रहेको छ ।
साथै पतंजली योग समिति बनेपाको दिव्य भवनमा यहि भाद्र २३ गतेबाट दैनिक रुपमा ध्यान साधना प्रारम्भ भएको छ । साँझ ५ बजेदेखि ७ बजे सम्म संचालन हुने उक्त ध्यान साधनामा बनेपा नगरका विभिन्न सामाजिक व्यक्तित्वहरुको उत्साहजनक रुपमा सहभागिता रहेको पाईएको छ । बाग्मती प्रदेश प्रमुख ग्रोविन तौजलेले उद्घाटन गर्नुभएको सो ध्यान साधनामा सहभागी हुनको लागि सम्पूर्ण जन मानसमा पतंजली योग समितिले हाद्र्धिक आह्वान गरेको छ ।
