बनेपा नगरपालिकालाई सुन्दर र व्यवस्थित शहर निर्माण गर्ने अभियानमा जुट्दै अघि बढेको कुरा नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । पहिलो चरणमा नै नगरले बनेपा पुल बजारको डुवान समस्यालाई हल गर्न सडक विभागको सहयोगमा डोजरबाट खोलाको गहिराई बढाउँदै सफा गर्ने कार्य गरेको, अव्यवस्थित फुटपाथलाई व्यवस्थित गरी फुटपाथमा व्यवसाय गर्न रोक लगाई सुधारको कार्य गरेको नगर प्रमुख शाक्यले बताउनुभयो ।
त्यस्तै गरी अर्को सुधारको कार्यमा सहयोग पु¥याउँदै बनेपा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नृपेशबादे आफ्नो वडा भित्रको पुरानो बजार क्षेत्रमा विद्युत पोल र टेलिकमको पोलमा अव्यवस्थित रुपमा झुण्डीएका तारहरु निकालेर व्यवस्थित गर्ने कार्यको थालनी गरेको छ । टेलिकम, वल्र्डलिङ्क, भाइनेट वेभ सरफर जस्ता इन्टरनेट कम्पनीहरुले घरघरमा जडान गरेका इन्टरनेटका तारहरु क्षतविक्षत भई शहर नै कुरुप भएको थियो अहिले केहि सुधार हुँदै कार्य अघि बढाएको वडा अध्यक्ष नृपेश वादेले बताउनुभयो ।
