IMG-LOGO

आगामी असोज ३ बाट काभ्रे महोत्सव

 मंगल, भदौ २८, २०७९  – पवन कुमार भुजेल 

 

 

      “व्यवसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि” भन्ने नाराका साथ आगामी असोज ३ देखि १५ गतेसम्म बनेपामा काभ्रे महोत्सव हुने भएको छ । काभ्रे उद्योग वाणिज्य संघले बनेपा नगरपालिका ७ स्थित उग्रेश्वर मन्दिर परिसरमा महोत्सव आयोजना गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । स्थानीय व्यापारी तथा उत्पादनलाई प्राथमिकतामा राख्दै महोत्सव आयोजना गरिएको काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंछेले  जानकारी दिनुभयो । एक सय १५ वटा स्टल रहने महोत्सवमा साधारण स्टललाई १७ हजार पाँच सय, अटोमोबाइललाई ३० हजार, होटल रेष्टुरेन्टका लागि ३५ हजार र वित्तीय सहकारी संस्थाका लागि १५ हजार रुपैयाँ स्टल शुल्क तोकिएको छ ।

      करीब ५० हजार जनाले महोत्सव अवलोकन गर्ने वाणिज्य संघको अनुमान छ । महोत्वस स्थलमा प्रवेश गर्नको लागि एक सय रुपैयाँ टिकट शुल्क तोकिएको छ भने विद्यार्थीका लागि ५० रुपैयाँ र वृद्धवृद्धाका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको संघका सचिव रविन्द्र वैदारले बताउनुभयो । महोत्वस अवधिभर एक करोड बराबरको कारोबार हुने संघको अनुमान छ । काभ्रेपलाञ्चोकको परम्परागत कला संस्कृति, औधोगिक ब्यापार, घरेलु, कृषि, पर्यटन प्रर्वद्धनको निमत्ति काभ्रे महोत्सव आयोजना गर्न लागिएको हो भने असोज ३ गते देखिनै काभ्रेकै पाँचखाल नगरपालिकामा समेत महोत्सव आयोजना गरिएको छ । संघका केन्द्रीय सदस्य सुरकृष्ण बैद्यले महोत्सवमा समेट्न नसकिएका केहि विषयहरु आगामी दिनमा समेटिने बताएका छन् । महोत्सवमा चर्चित कलाकारको प्रस्तुति रहने बताइएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्