काभ्रे जिल्लामा अभिलेखिकरणमा भएका १ हजार ४ सय ९५ सहकारीहरु छन् । जस मध्ये बचत तथा ऋणको कारोबार गर्ने सहकारी ४ सय ९५ छन् । सहकारी मापदण्ड अनुसार असोज मसान्त भित्र सहकारीहरुले साधारण सभा सम्पन्न गरि सक्नु पर्ने छ । त्ससैले जिल्लामा संचालित सहकारी संस्थाहरुको साधारण सभा धमाधम सम्पन्न भएका छन् ।
उग्रतारा साकोसको ९ करोड ५८ लाख आम्दानी
उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि. को १९ औँ वार्षिक साधारण सभा शनिबार अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता र जिल्ला बचत संघ काभ्रेका उपाध्यक्ष सागरनाथ कपाली विशिष्ट अतिथि हुनुहन्थ्यो । कार्यक्रममा सचिव दियेशरत्न शाक्यले आ.व. २०७८÷०७९ को वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक शान्तिराज कायस्थले लेखा समितिको वार्षिक प्रतिवेदन प्र्रस्तुत गर्नुभयो ।
२ हजार ४ सय ९० जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ५ करोड २६ लाख ९ हजार ३ सय, कुल बचत ७८ करोड ३२ लाख ८३ हजार ६ सय ९४, कुल आम्दानी ९ करोड ५८ लाख ६५ हजार ६ सय ६१ रहेको बताईएको छ । संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सञ्चालक समिति सदस्य दिव्यश्वरी लाखे पोटेले गर्नु भएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले उग्रतारा सहकारी नीति विधि र प्रविधिको उच्च प्रयोग गरी शेयर सदस्यहरुको बृहत्तर हितको कार्य गरेको बताउनुभयो ।
बनेपा विकासको १६ औँ वार्षिक साधारण सभा
बनेपा विकासको १६ औँ वार्षिक साधारण सभा बनेपा विकास बहुउद्देश्यीय सहकारी संस्था लि. को १६ औँ वार्षिक साधारण सभा संस्थाका जेष्ठ सदस्य चन्द्र ज्योति शाक्यको प्रमुख आतिथ्यतामा शनिबार सोपुहिटी पार्टी प्यालेसमा सम्पन्न भयो । संस्थाका उपाध्यक्ष नेपाल सुधार भैलले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा कोषाध्यक्ष ज्ञान बहादुर मल्लपति आ.व. ०७८÷०७९ को वार्षिक लेखा परीक्षण प्रस्तुत गर्नुभयो । सचिव सुदेन श्रेष्ठले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो ।
लेखा सुपरीवेक्षण समितिका संयोजक निरञ्जन जस्पाउले लेखा प्रतिवेदन पस्तुत गर्नुभयो ,। १ हजार ९ सय ५८ शेयर सदस्य भएको संस्थाको शेयर पुँजी २ करोड ६० लाख ८० हजार रहेको कुरा संस्थाका प्रवन्धक अनुप यगोजु श्रेष्ठले बताउनुभयो । उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता र जेष्ठ नागरिक सदस्यलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष दिलिप कुमार श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
आवर स्ट्याण्डर्ड सोभिङ्गको आम्दानी १ करोड ९१ लाख
बनेपा, आवर स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिड को–अपरेटिभ लि.को १० औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रत्नकुश रंजितको सभापतित्वमा शुक्रबार सम्पन्न भयो । २ हजार ३ सय ९३ शेयर सदस्यबाट ८० लाख ८७ हजार १ सय शेयर पुँजी संकलन, १० करोड ५२ लाख ५९ हजार ७ सय २ बचत निक्षेप संकलन, ९ करोड १० लाख ४९ हजार ५ सय ६५ ऋण लगानी गरी १ करोड ९१ लाख ८३ हजार ३ सय ८३ आम्दानी गर्न सफल भएको छ । संस्थाका सचिव दिपेश रंजितले प्रगति तथा भावि कार्ययोजना र कोषाध्यक्ष सर्जुकुमार रंजितले आर्थिक लेखा परीक्षण प्रस्तुत गर्नुभयो । लेखा संयोजक सुदिना रंजितले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका प्रव्न्धक राजाराम घोरसाइनेले विद्यमान आर्थिक असमानताको अन्त्य गरी शेयर सदस्यहरुको जीवन स्तरमा आर्थिक सूचांक वृद्धि गर्न संस्थाले ध्यान केन्द्रीत गरेको बताउनुभयो ।
यु.एम बचतको ११ औँ वार्षिक साधारण सभा
यु.एम बचत उज्जवल भविष्यको अवसर हो भन्ने नाराका साथ स्थापित भएको यु.एम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रामशरण श्रेष्ठको सभापतित्व तथा काभ्रे उद्योग वाणिज्य संघको अध्यक्ष राजेन्द्र पसंछेको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो । सचिव मन्जेश तौजलेले संस्थाको प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष राजाराम तौजलेले आ.व. ०७८÷०७९ को लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मी नारायण श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भयो । विशिष्ट अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जितेन्द्र नकर्मीले सहकारी संस्थाहरुको सकारात्मक विकासले संस्थाका शेयर सदस्यहरुको आर्थिक उपार्जनमा सहयोग पुगेको धारणा राख्नु भयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रुशन श्रेष्ठले सहकारी संस्थाले शेयर सदस्यहरुको बृहत्तर आर्थिक हित सुशासन र पारदर्शीतालार्य ध्यान दिई संस्थागत विकास तर्फ ध्यान केन्द्रीत गरेको बताउनुभयो । ५ करोड ३ लाख ८२ हजार शेयर पुँजी संकलन ७२ करोड २५ लाख ७१ हजार १ सय ४५ रहेको संस्थाको ऋण लगानी ७६ करोड २७ लाख ५८ हजार ७ सय ४० रहेको छ । संस्थाको जगेडा कोष ११ लाख ४९ हजार ५ सय ५ र वाहिय ऋण १२ करोड३ लाख ४५ हजार २ सय २८ रहेको छ । कार्यक्रमको सञ्चालन संस्थाकी लघुवित्त प्रमुख चण्डीका वाग्लेले गनुर्् भएको थियो ।
पानस साकोसको बचत निक्षेप ८ करोड ६७ लाख
पानस बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष सुशन राजवंशीको सभापतित्व तथा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा शनिबार कायष्ठ बैन्क्वेटमा सम्पन्न भयो । १ सय ७७ वर्ष अघि बेलायतबाट सहकारी संस्थाको सञ्चालनको प्रारम्भ भएको प्रसङ्ग कोट्याउँदै प्रमुख अतिथि दिलिप शर्माले २०१० सालमा नेपालमा सहकारी क्षेत्रको विकासको प्रारम्भ भएको उल्लेख गर्नुभयो । चितवन जिल्लाबाट बखान सहकारीको औपचारिक दर्ता पछि नेपालमा सहकारी क्षेत्रका विकासले तिव्रता लिएको उहाँको कथन छ । नेपालमा २९ हजार ८ सय ७३ सहकारी संस्थाहरु सञ्चालनमा छन् । सहकारी सहकारी बीच गणस्तरीय प्रतिस्पर्धा सहित स्वनियमनको आवश्यकता रहेको कुरा प्रमुख अतिथि शर्माले राख्नु भयो ।
काभ्रे जिल्लामा १ हजार ४ सय ९५ सहकारी संस्थाहरुमा ३ लाख ८३ हजार शेयर सदस्यहरु आवद्ध रहेको उल्लेख गर्दै सहकारीहरुको सुद्धिकरण आवश्यक रहेकोे उहाँको कथन थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष एवं काभ्रे टाइम्सका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपानेले सहकारी संस्थाहरुको दिगो विकास आवश्यक रहेको औल्याउदै शेयर सदस्यहरुको जीवनमा हाँसो र खुसी ल्याउने गरी सदस्यहरुको जीवनमा आर्थिक समृद्धि ल्याउन सक्नु पर्ने धारण राख्नुभयो । मेनेजर्स क्लव काभ्रेका अध्यक्ष मदन बस्नेतले सहकारीहरुको सुशासन र पारदर्शीताले दिगोपन दिन सक्ने बताउनुभयो । युवा साकोसका कोषाध्यक्ष रामशरण राउत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संस्थाका सचिव पुस्कर रंजितकारले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नु भयो । कोषाध्यक्ष सुमन बैद्यले आ.व. ०७८÷०७९ को लेखा परीक्षण प्रतिवेदन र लेखा संयोजक हरि गोपाल बैद्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ हजार ३ सय २६ शेयर सदस्य बाट १ करोड १७ लाख ११ हजार ८ सय शेयर पुँजी संकलन, ८ करोड ६७ लाख ११ हजार २ सय १५ बचत निक्षेप संकलन गर्न सफल भएको छ । संस्थाकी कर्मचारी विद्या अमात्यलाई सम्मान गरेको थियो भने संस्थाका बाल बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता र संस्थाका जेष्ठ सदस्यहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा बनेपा बचत तथा ऋण सहकारी संस्थाकी प्रतिनिधि शर्मीला मल्ली चेष्टा साप्ताहिक सह–सम्पादक लक्ष्मण तिमल्सिना, संस्थाका संस्थापक अध्यक्ष सुवास वैद्य लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा तथा सामाजिक क्रियाकलाप उप–समिति संयोजक ईश्वर महाजुले गर्नुभएको थियो ।
पिपुल्स साकोसको १६ औँ सभा
पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि. को १६ औँ वार्षिक साधारण सभा शनिबार बनेपा सम्पन्न भएको छ । वागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री बसुन्धरा हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा संस्थका सचिव देवेन्द्र श्रेष्ठले आ.व. २०७८÷०७९ को वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सन्तोष कुमार घिमिरेले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक रजिव श्रेष्ठले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । ५ हजार ९ सय ५२ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी २ करोड ८० लाख १२ हजार ७ सय, निक्षेप संकलन २५ करोड ४६ लाख ५२ हजार ३ सय ५५, खुद ऋण लगानी २४ करोड ३३ लाख १३ हजार १ सय ५३, नगद बैँक मौज्दात ४ करोड ३५ लाख ७४ हजार ६ सय ७३ रुपैँया रहेको बताइएको छ ।
उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ता, उत्कृष्ट मासिक बचतकर्ता, उत्कृष्ट दैनिक बचतकर्ता, उत्कृष्ट ऐच्छिक बचतकर्ता, उत्कृष्ट वाल बचतकर्ता, उत्कृष्ट ऋण कारोवारकर्ता, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिएको कार्यक्रम संस्थाका अध्यक्ष निरन शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो । बनेपा नगरपालिका वडा नं. ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धर, काभ्रेपलाञ्चाको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जितेन्द्र नकर्मी, शेयर सदस्य, अन्य सहकारीका प्रमुख एवं प्रतिनिधि लगायतको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सह–कोषाध्यक्ष सरोज श्रेष्ठले गर्नुभएको थियो ।
उपकार बचतको १५ औँ वार्षिक साधारण सभा
उपकार बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको १५ औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष ठाकुर गौतमको सभापतित्वमा शनिबार सम्पन्न भयो । कोषाध्यक्ष राजकुमार आचार्यले आ.व. ०७८÷०७९ को लेखा परीक्षण प्रतिवेदन, सचिव ऋतुपूर्ण श्रेष्ठले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक जयराम थापाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । १ करोड १२ लाख १४ हजार ९ सय शेयर पुँजी रहेको संस्थाको बचत निक्षेप ६ करोड ९५ लाख ५ हजार ६ सय ८१ रहेको छ ।
नवदुर्गा साकोसको आफ्नै भवन
पनौती, नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि. पनौतीको नवनिर्मित भवनमा कार्यालय सञ्चालन, उक्त भवनको उद्घाटन नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले गर्नु भएको थियो । १ करोड ४३ लाख ३२ हजार ४ सय २७ रुपैयाँ लागतमा भवन निर्माण भएको बताइएको छ । संस्थाका पूर्व सञ्चालक, शेयर सदस्यहरु कर्मचारी वर्ग र समाज सेवीहरुबाट ११ लाख ५ हजार रकम आर्थिक सहयोग प्राप्त भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक तिमल्सिनाले बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश प्रसाद हुमागाई, पनौती वडा नं. ९ का वडा अध्यक्ष सहकुल कुमार हुमागाइ लगायतको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष इन्द्र प्रसाद हुमागाईको सभापत्विमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाली राजनीतिक आन्दोलन र श्रमजीवि किसान
– भुपेन्द्र थापा (माधव)
नेपालको किसान आन्दोलन देशको राजनीतिक, आर्थिक सामाजिक र सांस्कृतिसँग जोडिएको इतिहास हो । तर विडम्वना नै भन्नु पर्दछ कि हरेक परिवर्तनको आन्दोलनमा निर्णायक शक्ति किसानहरु भएता पनि सत्ता र शक्तिमा पुगेपछि किसान आन्दोलन र आम किसान वर्गलाई उपेक्षा गर्ने राजनीतिक संस्कार जर्वजस्त कायमै छ । कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा हाले पनि बाङ्गाको बाङ्गै भैm भएको छ । आफु भोकभोकै पसिना बगाएर संसारका पेट भर्ने श्रमजी विकिसानको सम्मान कहिले र कसले गर्ने ? नेपालको हरेक राजनीतिक परिवर्तनको मोर्चामा आम श्रमजीवि किसान अग्रदस्तामा रहेर उभिएको इतिहासहरु सर्वविदितै छ । नेपाल कृषि प्रधान देशको रुपमा परिचित छ । यहाँका अधिकांश श्रमजीवि जनता भनेका मुख्यतःकिसान नै हुन् यहाँ हुने हरेक प्रकारका परिवर्तनको मुख्य शक्ति भनेको किसान नै हुन् । किसान आन्दोलन नै नेपालका राजनीतिक परिवर्तनको महत्वपूर्ण आधार हो । २००७ सालदेखि २०१४ सालसम्म भएका विभिन्न किसान आन्दोलन र त्यसको नेतृत्व भीमदत्तपन्थ, तुल्सीलाल अमात्य र बलदेव राम नेपाली किसान आन्दोलनका महान योद्धा हुन् । रौतहटबाट प्रारम्भ भएको किसान आन्दोलन एउटा नेपाली राजनीतिक परिवर्तनको इतिहासको रुपमा अंकित भएको छ । नेपालमा राजनीतिक स्वतन्त्रता त्यसवखत असाध्यै साघुरो घेरामा हुँदापनि श्रमजीवि किसानहरुले गरेका संघर्षका गाथाहरु उदारणिय र उच्च सम्मानको लायक नै थियो । नेपालमा प्रजातन्त्र र लोकतन्त्रको लागि भूमिहिन र आम श्रमजीवि किसानहरुले गरेको संघर्ष र राष्ट्रको लागि पु¥याएको योगदान निकै गर्विलो इतिहास स्वर्णिम र रक्तिम भएको सुन्न र पढ्न सकिन्छ । नेपाली किसान आन्दोलनहरु विभिन्न समयमा विभिन्न उद्देश्य प्राप्तिका लागि देशभरी नै भएको पाइन्छ । पाल्पा, प्यूठान, चितवन, काठमाडौं, दाङ वर्दिया धनकुटा सिन्धुपाल्चोक लगायतको जिल्लामा भएका किसान आन्दोलनले जालितमसुक च्यात्ने सामन्ती जमिन्दारहरुको भकारी फोर्ने, जमिन्दारहरुको जमिनकब्जा गर्ने जसको जोत उसको पोत जस्ता संघर्षहरु भएका २००७ साल फागुण १४ गते कमरेड निरन्जन गोविन्द वैद्यको अध्यक्षतामा निर्माण भएको अखिल नेपाल किसान संघ स्थापनासँगै केहि वर्षभित्रै सामान्ती जमिन्दारहरुको विरुद्ध आगोको लाभा भएर देशैभर सल्कीन थाल्यो । जसले गर्दा सो संगठनले आफ्नो आकार वृहत्तर रुपमा पैmलाउन थाल्यो । हजारौ लाखौं किसानहरु संगठित हुदै जाँदा किसान आन्दोलनले अग्रगति लिन थाल्यो । जसले कृषि क्रान्ति, क्रान्तिकारी भुमिसुधार र जसको जोत उसको पोतको नाराहरु बुलन्द भए ,। यो नारा किसान आन्दोलनको विचमा अत्यन्तै लोकप्रियताका साथ स्थापित हुँदै जान थाल्यो । जसले उत्पीडित किसान, कमैया, हलि–गोठाला र खेतालाहरु संगठित रुपमै सामन्त जमिन्दार जालि फटाहाहरुका विरुद्ध संघर्षको मैदानमा उत्रिए । सुदुरपश्चिममा भीमदत्तपन्थको नेतृत्वमा सशस्त्र फौज नै निर्माण गरी सामन्त जमिन्दार जालि फटाहा सुदखोरहरुको शोषण दमन अन्याय अत्याचारका विरुद्ध मोर्चा कसी संघर्षमा होमियो । २०११ सालमा रुकुम र रोल्पामा कामी बुढाको नेतृत्वमा, तनहुँको दमौली गुणावी आँवु र गोर्खाको च्याङलिटारमा एकदेव आलेको नेतृत्वमा भएका किसान आन्दलोलन २०१६ सालमा धादिङको खनियांवास २०१७ सालमा दाङ्को बेलुवा, २०२१ सालमा चितवनको पिठुवा, २०२३ सालमा नवलपरासी, रुपन्देही दाङ, २०२५ सालमा मेची –कोशीको झोडा आन्दोलन, २०२८ सालमा झापा विद्रोह, २०३४ सालमा चितवनको जुगेडी र जुटपानी, २०३६ सालमा जनकपुर सर्लाही महोत्तरी, धनुषा, सिन्धुली, घनकुटाको खोकु छिन्ताङ्ग, सुर्खेतको दशरथपुर लगायतका विराशतापूर्ण संघर्षमय किसान आन्दोलन, २०४६ सालमा पञ्चायती निरङकुश शासक विरुद्ध किसानको संगठित जनआन्दोलन तत्कालिन नेकपा (माओवादी) द्वारा संचालित १० वर्षे सशस्त्र जनयुद्धमा आम शोषित पिडित श्रमजीवि किसानहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता, २०६२–६३ को जनक्रान्तिमा आम श्रमजीवि किसानहरुको उल्लेखित सहभागिताले मात्र सम्भव भएका नेपालको नयाँ संविधान, लोकतान्त्रिक गणतन्त्र, संघियता, धर्मरिपेक्षता, समानुपातिक समावेशीता प्राप्त भएको कुरा राष्ट्र र राजनीतिक पार्टीले भुल्नु हुदैन । माथि उल्लेख भएका नेपाली किसान आन्दोनलका गर्विलो र साहसिक इतिहासको जगमा उभिएको नेपाली राजनीतिक पार्टी र त्यसको नेतृत्व आज पनि तीनै श्रमजीवि किसानको रगत र पसिनामा निर्माण भएको राजनीतिक सिहाशनको मालिक भएर परिवर्तित इतिहासको सवा–ब्याज खान छोडेका छैनन् । बाली लाउने कालु मकै खाने भालु भनेभैm नेपाली उखान र नेपालका राजनीतिक नेतृत्वमा चरितार्थ सावित भएको पुष्टी हुन्छ । २००७ सालको परिवर्तनदेखि २०६२–६३ को संघर्षको मोर्चामा कहिल्यै नथाकी कहिल्यै नझुकी निरन्तर लडार्इंमा डटेर संघर्ष गर्दै आएको किसानले राज्यको अनुभुति कहिले पाउने ? किसानको सामाजिक सुरक्षाको प्रत्याभूतिको ग्यारेन्टी हुने कहिले ? किसानको बालीनाली र बजारको व्यवस्थापनमा राज्यको आँखा खुल्ने कहिले ? आज हाम्रा गाउँघरहरु युवा विहिन भएको छ । हाम्रा उर्भर जमिनहरु बाझो छाडेर खाडीका मरभूमिहरु हरभरा बनाउने सिंगो युवा शक्तिश्रम बजारमा बेचिनबाट रोकिने कहिले ? नेपाली युवाशक्तिलाई यहि आफ्नो माटोमा रमाउने र कमाउने वातावरण हुने कहिले ? यो प्रश्न आम शोसित पिडीत श्रमजीवीहरुको हो । यसको जवाफ दिनु राज्यको दायित्व हो । दायित्वबाट राज्यले मुख फेर्न कदापी पाउने छैन । २०७६ सालमा तराईका रौतहट सर्लाही, नवलपरासी, वारा लगायतका जिल्लाका १ लाख विगाह भन्दा बढी जग्गामा उखु खेती गर्ने २० हजार किसानको आवाज त माइतिघरबाट चिच्याउदा नसुन्ने राज्यले किसानको हक हितमा के नै गर्ला र सधैं उपयोग गर्न पल्केका राजनीतिक दल र त्यसको नेतृत्वले किसानलाई हेर्ने दृष्टिकोण कहिले बदलिन्छ ? आजसम्म पनि यतिठूलो योगदान गरेर आएको आम सर्वहरा श्रमजीवि गरिखाने वर्ग किसानमाथी राज्यले कहिल्यै सदाचारिताको आत्मबोध गरेको पाइएन । किसानका समस्या र त्यसको समाधान हरेक पार्टीका चुनावी घोषणापत्रमा लिपिवद्ध हुने गर्दछन् तर सत्तामा पुगेपछि त्यो कागजको खोस्टा मात्र हुने गर्दछ । फेरीपनी आगामी मंसिर ४ गते हुनलाकोे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा मुलुक जुटेको छ । राजनीतिक दलहरु आ–आफ्नो जीत सुनिश्चित गर्न गठवन्धन र तालमेल वाठगबन्धन र जालझेलमा लागि कसरत गरिरहेका छन् ।
पद, सत्ता र सुविधा केन्द्रित राजनीति भएकोले अहिलेको चुनावको उद्देश्य गौण भएको छ । भोटको लेनदेन जस्तो मात्रै भएको छ । मतदातालाई खरिद विक्रीको वस्तु ठान्ने राजनीतिक नेतृत्व विद्यमान छ । आकासको फल आखाँतरि मर भनेभैm जताबाट नापेपनि नमिल्ने वृहत घोषणापत्र बनाएर भए भरका आमशोशित, पिडित, श्रमजीवि, किसान, मजुदर, युवा, महिलाहरुको हकहितका वाचा गरिन्छ । तर सत्तामा पुगेपछि ती सबै छाँया पर्ने र बिर्सिएर जाने गर्दछन् । नेतृत्व भनेको त सार्वजनिक उत्तरदायित्वको पद हो । त्यो उत्तरदायित्वमा चुकेपछि फेरी दोहो¥याएर मौका पाइन्न तर नेपालमा केहि मुट्ठिभर नेताले राजनीति कब्जा गरेका कारण पटकपटक असफलताको खाल्टोमा परेपनि नैतिकहिनहरुको साथ र सहयोगी जमातका कारण घुमिफिरी सत्ताको रुम्जाटार पुग्ने गर्दछन् । आफु बदनाम र पत्रु भइसक्दा पनि म बाहेक अर्को लायक नदेख्ने संस्कार हावी भएको छ । न त पार्टी गतिलो छ यदि पार्टी गतिलो हँुदो हो त त्यस्ता भ्रष्ट र पत्रु नेतालाई कार्यकर्ताले वनवास लखेटी सक्दथे । फेरी पनि आम शोशित श्रमजीविवर्ग, किसान मजदुर र गरि खाने वर्ग सचेत नभए आशन्न चुनावमा फेरी आम मतदाताले यिनलाई नै भोट माग्दै हिड्ने, फेरीपनि यीनलाई नै भोट हाल्नु भनेको आपैmमाथि शासक खडा गरी दासत्वलाई अनुमोदन गर्नु सरह हो । समय परिवर्तनशील छ । निरन्तर अगाडी बढ्ने संकल्प गर्न सक्नुपर्दछ । गन्तव्य निश्चित प्राप्त हुनेछ । अगुल्टोले हानेको कुकुर विजुली चम्कँदा तर्सिन्छ । नेपालका राजनीतिक पार्टी र त्यसका नेतृत्वले विजुली चम्कदा तर्सिने बाटो बनाएर आफ्नो खुट्टामा आपैmले बन्चरो प्रहार गरेका छन् । अन्तमा संसदको गरिमा र स्वच्छता सहितको सार्वभौमिकतालाई जोगाई राख्न पनि पाँच वर्ष यीनले गरेको कर्महरुलाई चिनेर र बुझेर यिनी र यिनका आसपासे भजन मण्डलीहरुलाई जनतााको सार्वभौम अधिकार प्रयोगद्वारा निर्वाचनमार्पmत आम मतदाताले पाखामा फ्याक्न सक्नु पर्दछ । तव मात्र श्रमजीवि शोशित पिडीत आम समुदायको शक्तिको हेक्का परम्परागत पार्टी र त्यसका नेतृत्वलाई हुनेछ ।
