खावा कल्छे मोटर बाटो अन्तरगतको धुलिखेल –८ धानछरेको खोलाको बाटो वर्षातका कारण पहिरो गइ बाटो क्षतविक्षत भएकाले बाटो कहिले बन्ला भनेर स्थानीयहरूमा सवत्र चासो र चिन्ताको विषय बनेको छ । खावा कम्पनी मोटर बाटो विस्तार र स्तर उन्नति गर्दा जम्मा भएको कंक्रिड , गेगर, माटोलाई वर्षातको कारणले सबै बगाएर ल्याउँदा धानछरे खोलाको बाटोमा क्षति पुगेको हो। उक्त बाटोमा बागमती प्रदेश सरकारले संसद चन्द्र लामाको पहलमा आएको बजेटले २ पटक मर्मत संहार र स्तर उन्नती गरेको भए पनि बाटो व्यवस्थित नहुँदा स्थानीयहरूलाई आवत जावत गर्न अझै निक्कै कठिन रहेको छ । कृषकहरूले उत्पादन गरेको तरकारी दुध जन्य पदार्थ बजार सम्म पु¥याउन र नागरिक विरामी पर्दा एम्बुलेन्स समेत सहज रूपमा आवत जावत बाँकी ९ पेजमा गर्न कठिन छ । जिल्ला सदरमुकामबाट ४ किमी नजिक रहेको नगर भित्रको वडाल गाउँमा अझै सम्म सडक कालोपत्रे हुन नसक्नु भनेको बत्ती मुनिको अध्यारो नै भएको भन्दै स्थानीहरू आक्रोसित भएका छन् ।
यु एण्ड एस कन्ट्रक्सनको लापरवहिले बाटोमा थप क्षति
यु.एण्ड एस कन्ट्रक्सनको लापरबाहीको कारण खावा कmल्छे सडकमा थपक्षति पुगको छ । २०७८ मंसिर १६ गते सम्झौता भई २०७९ बैशाख मसान्त सम्म कार्य सम्पन्न हुनु पर्नेमा अझै सम्म सम्झौतामा उल्लेख भए अनुसारको गुणस्तर सहितको कार्य नगर्दा पैदलयात्री नागरिकहरुलाई आवत जावत गर्नै थप जटिल भएको छ । ग्रावेलीङ, सडकका भित्तामा नाला निर्माण, वाल निर्माण, दुई स्थान खोल्सामा ५ फिटको कजवे निर्माण गरी कार्य सम्पन्न गर्ने धुलिखेल नगरपालिकासँग यु एण्ड एस कन्ट्रक्सनले सम्झौता गरको छ । सम्झौता अनुासर ग्रावेलीङ रोलर लगाएर गर्नु पर्ने भने पनि झारा टार्ने गरी माटो मिसिएको खोलाको सामान्य गेग्रीङ उठाएर बाटोमा बिच्छाएको छ । खावाबाट २ किमी सम्म ग्रावेलीङ गर्नुपर्नेमा ठेकदारको चरम लापरवाहीले सिमा नाघेको छ । धुलिखेल नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष विनोद गौतम चुनाव जितेको रन्को रापतापमा ठेकदार कम्पनीलाई समयमा काम गर्न ताकेता गरेका थिए तर अलिहले भने किन मौन छन् भन्नेमा स्थानीयहरुमा सवत्र चर्चा छ सडक बोर्डबाट ८८ लाख ९० हजार ३ सय ९ मूल्य अभिवृद्धिकर समेत गरी ठेक्का सम्झौता गरी कार्य सुरु गरेको निर्माण कम्पनीको स्तरीय कार्य नगरी जनताको आँखामा छारो हाल्ने कार्य गरेको छ । १ करोड ८९ लाख २९ हजार ८ सय कुल लागत स्टमेट रहेकोमा ५० प्रति विलोमा ठेक्का सम्झौता गरी कार्य गरेको हो ।
वडा अध्यक्षको मनोमानीमा समिति गठन
धुलिखेल नगरपालिका वडा न. ८ का वडा अध्यक्ष विनोद गौतमले वडाको आ.व ०७९÷०८० को विकास बजेट खर्च गर्न टोलटोलमा मनोमानी ढङ्गबाट उपभोक्ता समिति गठन गर्दै हिडेको भन्दै स्थानीयहरु आक्रोसित भएका छन् । वडा समितिका प्रतिनिधिहरुलाई नै पत्तै नदिई वडा अध्यक्ष मात्रै अग्रसर भई टोल टोलमा उपभोक्ता समिति गठन गरेको अफूलाई कुनै थाहा नै नदिएको वडा सदस्य सानुराम सुवेदीले बताउनुभयो । हाल सम्म टोल टोलमा ५ वटा उपभोक्ता समिति गठन गरेको कुरा वडा अध्यक्ष विनोद गौतमले बताए । विकास सबैको साँझा भएकोले समिति गठन गर्दा स्थानीय सबैले जानकारी पाउनुपर्ने भनाई रहेको छ ।
