पनौती÷नेपाल विद्युत प्राधिकरणको हेलम्बु मेलम्ची वितरण केन्द्रमा कार्यरत विद्युत प्राविधिक ईश्वरप्रसाद गुरागाईंको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । पनौती–१० का स्थायी बासिन्दा उनी सो केन्द्रमा प्राधिकरणको दैनिक ज्यालादारी कर्मचारीका रुपमा लामो समयदेखि कार्यरत रहेका थिए ।
शनिबार केन्द्रमातहत मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलामा रहेको ट्रान्सफर्मरमा समस्या आएपछि गुरागाईंसहितका प्राविधिकहरु गएका र मर्मतका लागि उनी पोल चढेकोमा उनलाई ११ हजार भोल्टेजको करेन्ट लागेको थियो । मेलम्ची प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला प्रहरीलाई पठाएको सञ्चारमा ‘ट्रान्सफर्मरको डिओ’ फुटेर करेन्ट प्रवाह हुँदा बाँकी ८ पेजमा.... घाइते भई उपचारार्थ धुलिखेल अस्पताल पठाइएको’ उल्लेख छ । प्रहरीले उपचारकै गुरागाईंको क्रममा मृत्यु भएको जनाएको छ ।
