IMG-LOGO

बनेपा निष्टका रजित नेपालकै उत्कृष्ट

 मंगल, भदौ २८, २०७९  ---

 

            निष्ट फाउण्डेशनबाट सञ्चालित बनेपा निष्ट कलेजमा कक्षा–१२ मा विज्ञान संकायमा अध्यनरत रजित दाहाल नेपाल भरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । बनेपा निष्टमा अध्यनरत छात्र रजित दाहाल नेपाल टप भएको कुरा विद्यालयका प्रिन्सिपल दिपक भट्टले जानकारी दिनुभयो । विद्यालयको शैक्षिक प्रभावकारीता, गुणस्तरीय शिक्षण सिकाइको परिणामले नै नेपाल भरीबाट उत्कृष्ट हुन सकेको प्रिन्सिपल भट्टले भन्नुभयो । उत्कृष्ट विद्यार्थी रजितले ३.९६ जीपिए ल्याएका थिए । त्यस्तै विद्यालयका रविन्द्र श्रेष्ठले ३.९० जिपिए ल्याएका छन् भने व्यवस्थापन तर्फका सिम्रन धितालले ३.८६ जिपिए ल्याई उत्कृष्ट भएका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्