जिल्ला समन्वय समिति काभ्रे र शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकको संयुक्त रुपमा आयोजना गरेको शिक्षा क्षेत्रको वर्तमान अवस्था र भावि कार्य दिशा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्री देवेन्द्र पौडेलले सम्बोधनको क्रममा भन्नु भयो । शिक्षामा क्रमागत शैक्षिक सुधार गर्दै अघि बढ्ने योजनाका साथ लागि परेको बताउनुभयो । मन्त्री पौडेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले राम्रो जिम्मेवारी पुरा गरी शिक्षकहरुलाई अनुशासित ढङ्गबाट कर्ममा लगनशिल भई कार्य गरेको खण्डमा शैक्षिक गुणस्तर बृद्धि टाढा नरहेको उल्लेख गर्नुभयो ।
भौतिक पूर्वाधार सुधार, अध्यापन, समय सापेक्ष तालिम र शिक्षक दरवन्दी मिलान गरेर शिक्षामा आमुल परिवर्तन ल्याउन सकिने धारणा मन्त्री पौडेलले राख्नुभयो । जिल्ला समन्वय समितिका काभ्रेका प्रमुख दिपक गौतमले शिक्षण सिकाइमा प्रभावकारी बनाउन प्रधानाध्यापकहरु र शिक्षकहरुले विशेष ध्यान केन्द्रित गर्नु पर्ने धारणा राख्नुभयो । काठमाण्डौँ विश्व विद्यालयका शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोक प्रमुख गोकर्णध्वज कार्की नेपाल राष्ट्रिय शिक्षक महासंघका बागमती प्रदेशका अध्यक्ष नारायण तिमल्सिना, विद्यार्थी नेता बदन भण्डारी, जिल्लाका स्थानीय पालिकाहरु शिक्षा शाखा प्रमुख सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु र संस्थागत विद्यालयका प्रिन्सिपलहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
