IMG-LOGO

धुलिखेल बहुउद्देश्यीयको नेतृत्वमा विश्वविजय

 मंगल, भदौ २१, २०७९  ---

 

      धुलिखेल बहुउद्देश्यीय सहकारी संस्थाको १५ आंै बार्षिक साधारण सभा संस्थाको अध्यक्ष विश्वविजय चित्रकारको अध्यक्षतामा होटल आगनतुक बनेपामा सम्पन्न गरेको छ । विश्वविजय चित्रकारको अध्यक्षयतामा सात सदस्य (संचालक समिति ) गठन भएको छ । उपाध्यक्षमा संजिव कुमार श्रेष्ठ सचिब पुजन यगोल श्रेष्ठ, कोषध्यक्ष रोजना श्रेष्ठ , सदस्यहरु सन्तोष श्रेष्ठ , रामकृष्ण श्रेष्ठ , चन्द्रप्रकाश श्रेष्ठ रहनुभएको छ । कार्य समिति सँगै विभिन्न विषयगत उपसमिति पनि गठन गरियो । गठित ऋण उप-समितिमा संस्थाको उपाध्यक्ष संजिव श्रेष्ठको संयोजकत्वमा सदस्यहरु दिपेश श्रेष्ठ र श्याम खोजु गरि ३ जना सदस्य रहनुभएको छ  । त्यसैगरि लेखा तथा सुपरिवेक्षण समितिमा अषिश कोजुको संयोजकत्वमा सदस्यहरु विवेक खोजु र शोभिता कार्की रहनुभएको छ ।

      अध्यक्ष विश्वविजय चित्रकारले अध्यक्षको प्रतिवेदन , सचिब पुजन यगोल श्रेष्ठ सचिवको प्रतिवेदन, कोषध्यक्ष रोजना श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन, व्यबस्थापक बाबुलाल तामाङ्ग स्वगत मनतब्य साथै धुलिखेल नगरपालिका वडा नं ६ को वाडा अध्यक्ष संजय कोजु , सेन्चुर कर्मसियल बैक पनौती शाखाको शाखा प्रमुख नविन माकजु लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम संचालन संस्थाको सह ब्यबस्थापक पुजा श्रेष्ठले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्