संसदको कार्यकाल थप्न सरकारले प्रतिनिधि सभामा दर्ता गरेको विधेयक प्रति निर्वाचन आयोगले आपति जनाएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले आफुसंग परामर्श गरी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकि सकेको अवस्थामा विधेयक ल्याउनु ठिक नभएको जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल गणना आधार समेत खुलाई आयोगले दिएको परामर्शको आधारमा निर्वाचन तोकी निर्वाचनको तयारी कार्य तिव्र भइ रहेको बखत प्रतिनिधिसभा र प्रदेश सभाको सदस्यको म्याद निर्वाचनमा मनोनयन पत्र पेश गर्ने मिति पछि सम्म रहने गरी कानुन संसोधन गर्न उपयुक्त नहुने कुरा विज्ञप्तीमा उल्लेख गरेको छ । प्रतिपक्ष एमालेको चरम विरोध र सर्वत्र आलोचना रहेपछि संसदको कार्यकाल बढाउने विधेयक अघि नबढ्ने भएको छ ।
