IMG-LOGO

चण्डेश्वरी साकोसले जेष्ठ सदस्यलाई सम्मान

 मंगल, भदौ १४, २०७९  ---

 

       चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. ले कुशेऔशीको अवसरमा शुक्रबार जेष्ठ सदस्यहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजका वृद्धहरुले जीवन भोगाइका क्रममा संगालेका अनुभव युवाहरुका लागि शिक्षा र जीवनमा गरेका संघर्ष युवाहरुका लागि प्रेरणाका श्रोतहरु हुन भन्ने सन्देश दिन उक्त कार्यक्रम गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत फलेन्द्र प्रसाद दाहालले जानकारी दिनुभयो । प्रमुख अतिथि बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्य, संस्थाका अध्यक्ष विकास बादेले ५६ जना जेष्ठ सदस्यलाई सम्मान गर्दै उपहार स्वरुप टेक्ने लौरो वितरण गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्