बनेपा / मञ्जुश्री फाउण्डेशनको आयोजनामा बनेपामा पहिलो पटक “बनेपा म्युजिक फेस्टिभल हुने भएको छ । फर्मस कर्पोरेशनको सहयोगमा आगामी भदौ १८ गते बनेपाको लायकुमा हुने म्युजिक फेस्टिभलमा स्थानीय म्युजिकल व्याण्डसँग राष्ट्रियस्तरका म्युजिकल व्याण्डहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ । उक्त फेस्टिभलमा एड्द एड्ज ब्याण्ड“, “द अल्केमिस्ट“, “ए.एस.एम.“ र “फन्क फु लगाएतका म्युजिकल व्याण्डको प्रस्तुति रहनेछ ।
बनेपामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने र बनेपाको लायकु दरबारको व्यवस्थित रूपमा सदूपयोग गर्न सहयोग गर्ने उद्देश्यले आयोजना गर्न लागिएको फेस्टिभलमा करीब २ हजार श्रोताहरूको सहभागी रहने अपेक्षा लिएको आयोजकले बताएको छ । स्थानीय क्षेत्रमा प्रोजेक्ट गरिरहेका युवाहरूलाई उर्जा भर्न समेत सहयोग पुग्ने अपेक्षा लिएर गर्न लागिएको फेस्टिभलका लागि सहभागी हुन इच्छुकले टिकेट संसारबाट आफ्नो टिकेट बुकिङ्ग गर्न सक्नेछ । बनेपा म्यूजिक फेस्टिभल आगामी भदौ १८ गते शनिवार दिउँसो १ बजेबाट सुरु हुने कुरा फाउण्डेशनका अध्यक्ष शुसेन भैलले बताउनु भयो ।
