IMG-LOGO

गौबध गर्ने दुई पक्राउ

 मंगल, भदौ १४, २०७९  ---

 

नमोबुद्ध नगरपालिका वडा नं ५ डाडाँगाउँ स्थित फुर्बे तामाङको घरमा गाई गोरु जस्तो देखिने जनावर काटी भाग लगाएको भन्ने सूचना एक स्थानीयले प्रहरीलाई जानकारी गराए पछि इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले प्रारम्भीक अनुसन्धानको क्रममा दुई जनालाई पक्राउ गरेको छ । गाई गोरु जस्तो देखिने चौपाय काटेर भाग लगाउँदै गरेको अवस्थामा पक्राउ गरिएको कुरा जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । पक्राउ पर्नेमा नमोबुद्ध-५, ३० वर्षीय ज्ञानवहादुर तामाङ, सोही वडा बस्ने १८ वर्षीय फुर्बे तामाङलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ पशुपन्छी सम्बन्धी कसुरमा अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्