पतंजली योग समिति काभ्रेबाट बनेपा स्थित योग भवनमा आयोजित हरितालिका तिज पर्व तथा विविध सास्कृतिक कार्यक्रमको बनेपा नगरका उप प्रमुख विमला सापकोटा दाहालबाट उद्घाटन गर्नुभयो । विभिन्न योग सेन्टरहरुबाट जम्मा भएका योग साधक साधिकाहरु सामेल उक्त कार्यक्रममा नृत्य, नाचगान गरी हर्षोल्हासका साथ तिज पर्व मनाईएको थियो करिव ५०० भन्दा बढी सहभागी रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि उप उप्रमुख विमला दाहाल, पतंजली योग समिति वाग्मती प्रदेश प्रमुख सुविन तीजले महामन्त्री सुधा कोलनी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण वैद्य, पतंजली योग समिति काभ्रेका अध्यक्ष हरी शरण श्रेष्ठ, बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठले मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सभापतित्व तथा स्वागत भाषण महिला पतंजली समितिका अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष अञ्जना श्रेष्ठले गर्नुभएको कार्यक्रमको संचालन महामन्त्री कमला राजभण्डारीले गर्नुभएको थियो ।
यसै गरी धुलिखेल नगरमा पतंजली योग समिति धुलिखेल नगर समितिको आयोजनामा धुलिखेल योग साधना केन्द्र र सेतीदेवि योग साधना केन्द्र, के.यु. योग साधना केन्द्र र निलकण्ठेश्वर साधना केन्द्रको संयुक्त आयोजनामा हरीतालिका तिज पर्वको धुलिखेल नगरका पूर्व उप प्रमुख विमला शर्मा, पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख गुविन तीजले बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठ, महिला पतंजली योग समिति काभ्रेका अध्यक्ष अनु श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।
