IMG-LOGO

वाकु गणेश मन्दिर पुनः निर्माण सम्पन्न

 मंगल, भदौ १४, २०७९  ---

 

       बनेपा नगरपालिका वडा नं ७ चण्डेश्वरी मार्ग रेडक्रस पोखरी अगाडी बाकु गणेश मन्दिरको पुनः निर्माण कार्य सम्पन्न भएको छ । पुरातत्व विभागबाट ४२ लाख २५ हजार ७ सय २९ लागत अनुमान गरेको उक्त मन्दिरमा बनेपा नगरपालिकाबाट २२ लाख, बनेपा वडा नं ७ बाट २ लाख र मन्दिर उपभोक्ता समितिबाट ३ लाख ९५ हजार ६८ रुपैया सहयोग संकलन भएको समितिका कोषाध्यक्ष अर्जुदास श्रेष्ठले बताउनुभयो । बनेपा नगरले २०७८ साल मंसिरमा मन्दिर निर्माणको लागि १२ लाख ९ हजार १ सय दिइ प्रथम साम्झौता गरेको समितिले जनाएको छ । सोमबार बनेपा नगरपालिकाको प्रमुख शान्ति रत्न शाक्यले एक कार्यक्रम बीच वाकु गणेश मन्दिर उद्घाटन गर्नु भयो ।

       कार्यक्रममा बोल्दै नगर प्रमुख शाक्यले धार्मिक, सांस्कृतिक, पर्यटकीय महत्वको रुपमा रहेको सम्पदाहरुको नगरपालिकाले संरक्षण र सम्बद्धन गर्ने, नगरको समग्र विकासमा ध्यान दिदै अघि बढेको जनाउनु भयो । नगर प्रमुख शाक्यले बनेपाको १४ वटै वडामा गुणस्तरीय एक घर एक धारा जडान, शिक्षा र स्वास्थ्यको पहुँच सबैमा पुऱ्याउन लागि पर्ने बताउनुभयो । नगर उपप्रमुख विमला सापकोटा दाहाल, नेकपा एमाले बनेपा नगरसमिति अध्यक्ष रत्नकुश रज्जीत, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डिएसपी रेशम बोहरा, जिल्ला ट्राफिक प्रहरी राजेश शिलवाल, साहित्यकार मोहन दुवाल, बनेपा वडा नं ७ का वडा अध्यक्ष हिटलर शाक्य निवर्तमान वडा अध्यक्ष वणर् शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मन्दिर उपभोक्ता समितिका सचिव सरस्वती तौजले सदस्य पुष्पकाजी श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष सोक सुधार भैलले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्