IMG-LOGO

जनताको साथमा कांग्रेस अभियान सुरु

 मंगल, भदौ १४, २०७९  ---

 

       नेपाली कांग्रेस पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई लक्षित गरेर देशै भरी जनताको साथमा कांग्रेस अभियान सुरु गरेको छ । सोही सन्दर्भमा शनिबार नेपाली कांग्रेस काभ्रेको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रतिनिधि रमा कोइराला पौडेल प्रमुख अतिथि हुनु हुन्थ्यो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले २०७९ भाद्र १० गते देखि २४ गते सम्म जनताको साथमा कांग्रेस अभियान सञ्चालन गर्न ७७ वटै जिल्लालाई केन्द्रले परिपत्र गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रमा काईराला पौडेलले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अंहकार र दम्भले मुलुकलाई दुर्घटनाबाट जोगाउन पाँच दलीय गठवन्धन आवश्यक भएको बताउनु भयो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय मधु आचार्य, गणेश लामा, वागमती प्रदेश महामन्त्री कन्चन चन्द्र बादे लगाएतले मन्तव्य राख्नु भएको थियो । नेपाली कांग्रेस काभ्रेका पदाधिकारी, नेपाली कांग्रेस काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ र २ का सभापति, नगर र गाउँपालिका सभापति लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व जिल्ला सभापति तिर्थ लामाले गर्नु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव माधव ढकालले गर्नु भएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्